२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

प्रदेश १ प्रहरीले आठ महिनामा २७ करोड राजश्व संकलन

Logo
प्रकाशित बिहिबार, चैत्र ०५, २०७७

विराटनगर, चैत्र ५
चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश १ प्रहरीले २७ करोड राजश्व संकलन गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय अन्तरगत १४ जिल्लामा रहेका कार्यालयले चलाएको मुद्दा बापत उक्त रकम संकलन भएको हो । चालु आर्थिक बर्षको ८ महिनामा ४ हजार ६ सय ८९ वटा विभिन्न शिर्षकमा मुद्धा चलाएको थियो । मुद्धा दर्ता बाट कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन गरेका प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

फैसला कार्यान्वयनबाट २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ , लागुऔषध नियन्त्रण बाट १३ करोड १८ लाख ६ हजार ८ सय ६ रुपैयाँ राजश्व संकलन भएको हो ।
यसैगरी नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने र ओसार पसार गर्ने बाट ४५ लाख ६६ हजार ७ सय २० रुपैयाँ , अबैध काठ चोरी निकासी गर्ने बाट ३० लाख ९५ हजार २०० रुपैयाँ र ट्राफिक ब्यबस्थापन तर्फ बाट ११ करोड १७ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]