२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

‘ ट्रेड पोर्टल’ सम्बन्धि अभिमुखिकरण

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

विराटनगर ६ चैत्र ।
व्यापार तथा निकास सम्बन्धि सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल ट्रेड पोर्टल’ को विषेशता मोरङका उद्योगी:व्यापारी तथा भन्सार एजेन्टहरुलाई बुझाइएकोे छ ।
व्यापार तथा निकासी प्रवद्धन केन्द्रले शुक्रबार विराटनगरमा अभिमुखिकरण कार्यक्रम गरेर उनीहरुलाई बुझाएको हो । आयात निर्यात गर्ने र गर्न चाहने व्यवसायीहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी पोर्टलमा राखिएको छ ।
अभिमुखिकरण कार्यक्रममा व्यापार तथा निकासी प्रवद्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले निर्यात प्रवद्धनको लागी नेपाल सरकारले विभिन्न काम गरिरहेको बताए ।‘सरकारले नेपाल नेश्नल सिङ्गल विन्डो ल्यादै छ,’ उनले भने ‘ यसको संचालन पछि व्यवसायीले आफ्नै कार्यालय वा घरमा बसेर कुनै सरकारी कार्यालमा नपुगी सामान निकासी गर्न सक्ने छ । भन्सर विभागले तयार गरिरहेको यो कार्यक्रममा हाम्रो पनि हिस्सा रहेको छ ।’ उनले निर्यात हुने बस्तु कुन ठाउमा उत्पादन भइरहेको भन्ने जानकारी दिने गरि डिजीटल नक्सा निर्माणको काम समेत भइरहेको जानकारी दिए । सबैभन्दा बढी स्वदेशि बस्तु निर्यात गर्ने नाका विराटनगर भन्सार भएकोले यहि कार्यक्रम गर्न पाउदा खुसिलागेको बताए ।
उद्योग,वाणीज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवद्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले पोर्टलको महत्व र विषेशता सम्बन्धमा प्रष्टाएका थिए ।‘व्यवसायीलाई केन्द्रमा राखेर बनाएको पोर्टल विश्व बैको अनुदान सहयोगमा निर्माणम गरिएको हो,’ उनले भने ‘ आयात निर्यात गर्न आवश्यक पर्ने सबै प्रकारका सुचना प्रोटलमा रहेको छ ।’
अभिमुखिकरण कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र निवर्तमान अध्यक्ष भिम घिमिरे र भन्सार एजेन्टका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]