१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘ ट्रेड पोर्टल’ सम्बन्धि अभिमुखिकरण

Logo

विराटनगर ६ चैत्र ।
व्यापार तथा निकास सम्बन्धि सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल ट्रेड पोर्टल’ को विषेशता मोरङका उद्योगी:व्यापारी तथा भन्सार एजेन्टहरुलाई बुझाइएकोे छ ।
व्यापार तथा निकासी प्रवद्धन केन्द्रले शुक्रबार विराटनगरमा अभिमुखिकरण कार्यक्रम गरेर उनीहरुलाई बुझाएको हो । आयात निर्यात गर्ने र गर्न चाहने व्यवसायीहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी पोर्टलमा राखिएको छ ।
अभिमुखिकरण कार्यक्रममा व्यापार तथा निकासी प्रवद्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले निर्यात प्रवद्धनको लागी नेपाल सरकारले विभिन्न काम गरिरहेको बताए ।‘सरकारले नेपाल नेश्नल सिङ्गल विन्डो ल्यादै छ,’ उनले भने ‘ यसको संचालन पछि व्यवसायीले आफ्नै कार्यालय वा घरमा बसेर कुनै सरकारी कार्यालमा नपुगी सामान निकासी गर्न सक्ने छ । भन्सर विभागले तयार गरिरहेको यो कार्यक्रममा हाम्रो पनि हिस्सा रहेको छ ।’ उनले निर्यात हुने बस्तु कुन ठाउमा उत्पादन भइरहेको भन्ने जानकारी दिने गरि डिजीटल नक्सा निर्माणको काम समेत भइरहेको जानकारी दिए । सबैभन्दा बढी स्वदेशि बस्तु निर्यात गर्ने नाका विराटनगर भन्सार भएकोले यहि कार्यक्रम गर्न पाउदा खुसिलागेको बताए ।
उद्योग,वाणीज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवद्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले पोर्टलको महत्व र विषेशता सम्बन्धमा प्रष्टाएका थिए ।‘व्यवसायीलाई केन्द्रमा राखेर बनाएको पोर्टल विश्व बैको अनुदान सहयोगमा निर्माणम गरिएको हो,’ उनले भने ‘ आयात निर्यात गर्न आवश्यक पर्ने सबै प्रकारका सुचना प्रोटलमा रहेको छ ।’
अभिमुखिकरण कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र निवर्तमान अध्यक्ष भिम घिमिरे र भन्सार एजेन्टका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]