२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

प्रदेश १ मा नेपाल उद्योग परिसंघ गठन

Logo

विराटनगर, चैत २९
विराटनगरका उद्योगी–व्यवसायीहरु नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । विराटनगरका पुराना उद्योगी व्यवसायी, उद्योग संगठन मोरङका पूर्व पदाधिकारी र केही ठुला उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधारणसभा हुन लागीरहेको बेलामा विराटनगरका उद्योगी व्यवसायी परिसंघमा संगठित भएका छन् । सो परिसंघको गठनले निकट भविष्यमा हुन लागीरहेको उद्योग वाणिज्य महासंघको चुनाव समेत ठुलो प्रभाव पार्ने बुझिएको छ ।

उक्त परिसंघ संचालनको लागी बनाइएको तदर्थ समितिको अध्यक्षमा भीम घिमिरे चुनिएका छन् । उनी उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष हुन् । त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्षमा नबलकिशोर काबरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता चुनिएका छन् ।

तदर्थ समितिका कोषाध्यक्षमा गिरीश लुनियाँ चयन भएका छन् । मधु लोहियाको सभापतित्वमा महिला उद्यम तदर्थ समिति र गोपाल अग्रवालका सभापतित्वमा युवा उद्यमी उपसमितिको गठन समेत गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]