२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

प्रदेश १ मा नेपाल उद्योग परिसंघ गठन

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

विराटनगर, चैत २९
विराटनगरका उद्योगी–व्यवसायीहरु नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । विराटनगरका पुराना उद्योगी व्यवसायी, उद्योग संगठन मोरङका पूर्व पदाधिकारी र केही ठुला उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधारणसभा हुन लागीरहेको बेलामा विराटनगरका उद्योगी व्यवसायी परिसंघमा संगठित भएका छन् । सो परिसंघको गठनले निकट भविष्यमा हुन लागीरहेको उद्योग वाणिज्य महासंघको चुनाव समेत ठुलो प्रभाव पार्ने बुझिएको छ ।

उक्त परिसंघ संचालनको लागी बनाइएको तदर्थ समितिको अध्यक्षमा भीम घिमिरे चुनिएका छन् । उनी उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष हुन् । त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्षमा नबलकिशोर काबरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता चुनिएका छन् ।

तदर्थ समितिका कोषाध्यक्षमा गिरीश लुनियाँ चयन भएका छन् । मधु लोहियाको सभापतित्वमा महिला उद्यम तदर्थ समिति र गोपाल अग्रवालका सभापतित्वमा युवा उद्यमी उपसमितिको गठन समेत गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]