१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

ओम सर्जिकलद्धारा एक करोड भन्दा बढीको राजस्व छली

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

काठमाडौं, वैशाख ४
ओम सर्जिकल कन्सर्न प्रा.लि.ले एक करोड भन्दा बढी राजस्व छलि गरेको पाईएको छ । काठमाडौ महानगरपालिका –११, त्रिपुरेश्वर स्थित उक्त सर्जिकलले एक करोड छ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पैसा राजस्व छलि गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले उक्त कर छलीमा संचालक दल बहादुर भण्डारी तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेल सहित चार जनाको आपसी मिलेमतो रहेको जनाएको छ ।
बिहीबार उच्च अदालत पाटनमा उनीहरुविरुद्ध रकम विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी गरि विभागले मुद्दा दायर गरेको छ । विभागले प्राप्त प्रमाणबाट सर्जिकलका संचालक भण्डारी तथा भन्सार प्रतिनिधि जमकटेलले न्यूनतम मूल्यको गलत कागजात तयार गरी राजस्व चुहावट गरेकोले मुद्दा दायर गरेको विभागले जनाएको छ । उनीहरुले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरी सोही बमोजिम वास्तविक भन्दा फरक मालवस्तु भन्सार घोषणा गरेको विभागले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]