२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

स्वदेशी बाईक “पी-जिराे” सार्वजनिक । मुल्य : साढे १९ लाख

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२
नेपालमा बनेका दुई विद्युतीय (इलेक्ट्रीक) बाईक सार्वजनिक भएको छ ।

बाईक निर्माता कम्पनी यात्री मोटरसाईकलले दुई भेरियन्टका इलेक्ट्रीक बाईकहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । सो कम्पनीले यात्री पी जिरो ( प्राजेक्ट जिरो ) र पी वान् (प्रोजेक्ट वान्) भेरियन्टका बाईकहरु शुक्रबार सार्वजनिक गरेको छ ।

पी जिरो माटरसाइकलले केवल २.५ सेकेन्डमा नै शुन्यदेखि ६० किलोमिटरको स्पीड भेटाउन सक्ने कम्पनीले जनाएको छ । १४० किलोमिटर प्रतिघन्टाको गतिमा दगुर्न सक्ने पी जिरोको क्षमता रहेको छ । यसको इलेक्ट्रिक मोटर ६४ एचपीको भएको कम्पनीले जनाएको छ । पी जिरो मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । जसलाई दुई घन्टामा फुल चार्ज गर्न सकिनेछ । पी जिरोले सिंगल चार्जमा २३० किलोमिटर यात्रा गर्न सक्दछ । यात्री पि जिरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै आर्को भेरियन्ट यात्री पि वानको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । पी वानमा १७ इन्चको टायर प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिने बताईएको छ । यात्री पी वान बाईकको मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]