२९ माघ २०८२, बुधबार
11-02-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरकाे नवौं नगरसभा सम्पन्न

Logo

विराटनगर, फागुन १७

विराटनगर महानगरपालिकाको नवौं नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७८/०७९ को बजेट संसोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धबार्षिक प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।
नंगरसभाका क्रममा मेयर भीम पराजुलीले जनतासंग निर्वाचन भएर आउनुभन्दा अगाडी गरेको घोषणापत्रमा उल्लेखित कामहरु ९० प्रतिशतभन्दा बढी पुरा भएको दाबी गर्नु भएको थियो । प्रत्यक्ष अनुभव हुनेगरी जनताले विकासको अनुभुति गरेको उहाँको भनाइ थियो ।
मेयर पराजुलीले विराटनगरका १९ वटै वडाका जनप्रतिनिधिहरुले आ आफ्नो वडामा अधितम विकास गरौ भन्ने भावनाका साथ काम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।

आफ्नो कार्यकालमा डेढ सय किलोमिटिर भन्दा बढी सडक कालोपत्रे भएको, ६ हजार घरहरु समेटिने गरी ढल प्रणाली सहित फोहरमैला प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिएको , जनताको काममा सहज र सरल बनाउन आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालयहरु– वडाहरु ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९ मा निर्माण गरिएको, आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी काम भइरहेको बताउनु भएको थियो ।
मेयर पराजुलीले कतिपय कामहरु आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएको पनि बताउनु भयो । उहाँले तत्कालिन अबस्थामा संघीय र प्रदेश सरकारको असयोगका कारण धेरै महत्वपूर्ण योजनाका कामहरु सम्पन्न गर्न नसकेको बताउनु भयो । बाढी र कोरोना संक्रमणका कारण पनि कतिपय कामहरुमा अबरोध भएको उहाँको भनाइ थियो ।

यस्तै उपमेयर इन्दिरा कार्कीले विराटनगरको विकास द्रुतगतिमा भएको बताइन् । यतिको विकास हामी आएपछिकै हो उपमेयर कार्कीले भन्नुभयो“ पछिल्लो समय आएका जनप््रतिनिधिवाट मात्रै विकास सम्भव भएको हो । विराटनगरको समग्र विकास संगै केही काम पुरा नभएको र त्यो काम पुरा हुनेमा आशाबादी रहेको बताउनु भयो ।
यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडाले छलफलका विषयहरु उठान गर्नु भएको थियो । नगरसभामा विराटनगर महानगरका १९ वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो कार्यकालमा भएका विकास निर्माणको जस लिने र प्रचार गर्ने काम गर्न नसकिएको भन्दै त्यस्ता कार्यहरुका बारेमा जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिनु भएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]