२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मेलामय विराटनगर

Logo

✍ निरज बस्नेत
विराटनगर, चैत ६

चैत्र महिना मेलामय रुपमा परिणत हुने निश्चित छ । शनिबारबाट विराट राजवंशी महोत्सव सुचारु भएको छ । यो महोत्सव १५ चैत्रसम्म गरेर ११ दिनसम्म चल्ने छ । त्यस लगतै १८ चैत्रदेखि २६ चैत्रसम्म ट्रेड एक्सपोले विराटनगर गुल्जारमय बन्ने छ । लामो समयसम्म विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण थिलथिलो बजार धेरै हदसम्म दुई ठुलठुला महोत्सवले सबैलाई आहत बाट राहत तर्फ लैजाने छ ।
विराटनगरका नगर प्रमुख भिम पराजुलीले राजवंशी पहिरन लगाएर मेलाको समुद्घाटन गरे । विराटनगर ५ जागृति टोलमा आयोजना मेला स्थलमा ५० भन्दा बढी किसिमका स्टल रहेका छन् । मेलामा प्रख्यात गायक एवं गायीका मेलिना राई प्रमोद खरेल शिव परियार प्रकाश सपुत ज्योति मगरको बेजोड प्रस्तुती रहने छ । कार्यक्रमको उद्घाटन सत्रमा मन्त्वय व्यक्त गर्दै मेयर पराजुलीले विराटनगर नगरक्षेत्र संस्कृति परम्पराको धरोहर रहेको बताए । नगरक्षेत्रको विभिन्न जातजाति र समूदायको उत्थान तथा हकहितका लागी आफू सधै तयार रहेको समेत बताए ।
विराट व्यापार संघको आयोेजनामा हुन लागेको भव्य महोत्सवको तयारी जोडतोडका साथ चलिरहेको छ । संघका अध्यक्ष नविन रिजालको विषेश पहलमा एसिडोम मेलामा २ सय २१ स्टल रहने छन् । मेलामा आकर्षणका रुपमा दुबईको बुर्ज खलिफा, लण्डन ब्रिजलाई प्रतिकात्मक रुपमा खडा गरिने छ । राष्ट्रियस्तरका कलाकारको साथमा ४ बजेबाट ९ बजेसम्म दैनिक सास्कृतिक कार्यक्रम हुनेछ । फेसन शोले कार्यक्रमलाई थप रमाईलो बनाउने छ । ५० करोड बढीको कारोबार हुने आयोजकले लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]