०७ पुष २०८२, सोमबार
22-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

स्थानीय चुनावकै मुखमा –कांग्रेस अन्तरकलहकै चर्चा

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

✍ निरज बस्नेत
विराटनगर चैत १०

शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको मृत्यु पश्चात् देखि नै नेपाली कांग्रेसको राजनीति ओरालोतर्फ उन्मुख भएकोे देखिन्छ । ऊँ बेला नै धेरैले भन्ने गर्थे कोईरालाको देहवसान पछि कांग्रेस मासिन्छ ।

पाँच पल्टसम्म प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवाको कमाण्ड पार्टिको केन्द्रिय सभापति पदमा समेत हुँदा झन कांग्रेस भड्खालोमा जाने आम बुद्धिजिवीहरुको दावी छ । गुट उपगुटले कांग्रेस थिलथिलो कमजोर भईसकेको छ । ईतिहासमै शक्तिशाली कांग्रेस कमजोर सावित बन्दैछ । नियमित चार वर्षमा हुन नसकेको महाधिवेशन देउवाको कमाण्डमा लाजमर्दो तरीकाले केहि समय अघि सम्पन्न भएको छ । कांग्रेसको विधान अनुसार स्वतः ४ वर्षमा महाधिवेश हुने प्रावधान छ तर विशेष परिस्थितिमा एक वर्ष थप्न पाईन्छ , त्यसै गरी ५ वर्षभित्र पनि नभएमा संविधान अनुसार ६ महिना थप्न मिल्छ । ४ वर्षलाई छोडेर थप एक वर्ष अनि छ महिना थप्नु पर्ने कुनै विषम परिस्थिति मुलुकमा थिएन । खाली काेरोना संक्रमणलाई मात्र कारण मानियो । जुन आमजनताले सजिलै कांग्रेस भित्रको अलोकतान्त्रिक पद्धतिलाई राम्ररी बुझ्ने मौका पाए । ढिलो महाधिवेशन हुनुमा प्रमुख दोषी देउवालाई नै मानिएको छ ।

लौह पुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले धोका दिनु शेखर कोईरालाको सभापतिमा हार हुनु प्रमुख कारण मानिएको थियो । सभापतिमा पुनः देउवा दोहरिनु अब कांग्रेस सिद्धिनु हो भन्ने केही कांग्रेसीहरुको बुझाई छ । तत्कालीन समयमा राजाले असक्षम घोषणा गरी गलहत्याउनु, संसद विघटन गर्नु, महाकाली सन्धीमा भुमिका खेल्नु, त्यसैगरी कयौंको बुझाईमा राष्ट्रघाती मानिएको एमसीसी सदनबाट पास गर्नु देउवाको लोकप्रतिता मासिनु प्रमुख कारण मध्येहरुका केही कारणहरु हुन् । श्रीमती आरजु राणाको ज्यादा राजनितिमा दखल अन्दाज हुनु पनि देउवा पतनको अर्को पाटो मानिएको छ ।

कांग्रेसमा गुटमा मात्र रमाउनु देउवा, कोईराला, पौडेल, सिटौला आदि लगाएतको डरलाग्दो समस्या जहाँको त्यही छ । विराटनगरमा स्वर्गीय गिरिजा प्रसाद कोईरालाको प्यारो निवासमा बस्नु, स्वर्गीय गिरिजाकै कोठामा सुत्नु, त्यहीवाट राजनिति गरेर मात्रै फड्को मार्न सकिदैन, शेखरका कमजोरी अनगिन्ती छन् । सानो सानो गुट जन्माई रहनु, अहंमता, दम्भले उनी झन् ओरालो तर्फ छन् । केन्द्रिय महाधिवेशनमा हैसियत भन्दा माथिको पद दावी गर्दा कोईराला ४१ प्रतिशतमा खुम्चिन पुगे ।

विगतमा कृष्ण प्रसाद सिटौला क्याम्पमा खडा भएका अवसरवादी गगन कुमार थापालाई विश्वास गर्नु, प्रकाशमान, विमलेन्द्र लगाएतको धोकाधडीले आज कोईरालाको राजनितीलाई जनताको नजरमा उपलब्धी शुन्यमा पुग्न पुग्न लागेको देखिन्छ । कोईरालाको हकमा आउदो संघिय चुनावमा सासंद जित्नु फलामको चिउरा चपाए सरी हुनेछ । पुराना बौद्धिक नेता महेश आचार्यको रुवावासी चल्दै छ । अन्तिम पटक मोरङ ४ वाट संघिय सासंदको प्रत्यक्षतर्फको टिकट हातपार्नु नै आचार्यको अहिलेको पार्टीभित्र अन्र्तसंघर्ष जारी रहेको देखिन्छ । स्मरण गरौं, आचार्य यो क्षेत्रमा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदीसंग पराजित हुन पुगेका थिए ।

३० वैशाख २०७९मा स्थानिय चुनाव हुँदैछ । निर्वाचन आयोगले जगत हसाउने चुनावी आचार संहिता पैसाको हकमा लागु गर्ने बताएको छ । महानगरका मेयरका प्रत्यासीले सात लाख पचास हजार मात्र खर्च गर्न पाउने । सानो बच्चाले पनि गिज्याँउछ । करोड करोडको खेलको रमिता खुलेआम चल्छ । एक अर्कालाई सिद्धियाउन खुलेर तल्लो स्तरसम्म उम्मेदवारहरु गिर्छन् । अहिले नै शेर बहादुर, केपी, प्रचण्ड, माधवका बकम्फुसे यो र त्यो खोक्रा भाषणवाजी चली नै रहेको छ । काग्रेस भित्रकै डरलाग्दो अन्र्तघातले भयानक रुपधारण गर्दै विगतदेखि आज र भोलीसम्मको राजनिती फोहरी खेलमा डुब्ने अड्कल काटिएको छ । आफुलाई लोकतन्त्रको हिमायती मान्ने, सबैभन्दा पुरानो पार्टी ठान्ने कांग्रेसभित्रको किचलो यसै अन्तः हुने सम्भावना झिनो छ । आउदो स्थानीय चुनाव ७५३ पालिका ६७४३ वडासम्म हुनेछ । जुंगाको यो लडाईमा कांग्रेसको स्तर कुन हदसम्म पुग्छ भावीले तय गर्ने छ । आगे जनता जनार्दन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]