२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

बिराटनगरमा ओली दम्भ

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

बिराटनगर, जेष्ठ २७
निरज बस्नेत
नेकपा एमाले मोरङद्दारा आयोजित वृहत कार्यकर्ता भेला बिराटनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली थिए । कार्यक्रम बिहान ११ बजे तय गरिएको थियो । ओली भने दिउँसो २ बजे आईपुगे । कार्यक्रम ओली आउँनुअघि नै शुरु भएको हो ।

ओली आउँनुअघि नै कार्यक्रममा केहि एमालेका जिम्मेवार नेताको भाषण सकिसकेको थियो । ओली कार्यक्रम हलभित्र प्रवेश गर्दा एमाले सांसद भानुभक्त ढकालको सम्बोधन चलिरहेको थियो । हरेक कार्यक्रममा अक्सर ओली ढिला पुग्नाले आम कार्यकर्तामा एक प्रकारको वैमनस्यता पैदा हुनेगरेको छ । यसबाट ओली स्वयंलाई घाटा नै भईरहेको छ ।

कार्यक्रममा ढिला आउँदा आफुमुनिकाको वास्तविकतामा गुनासो सुन्न पाईदैन, परिणामतः पार्टी कमजोर दिशातर्फ जाँन्छ । कार्यक्रम स्थल शुरुमा बरगाछी उत्तर मनास्लु होटल ईनमा राखिएको थियो । पछि एक्कासी एमाले नेता भोला बरालको कंचनजंघा पार्टी प्यालेसमा सारियो । ओली कार्यक्रम हलभित्र छिरेको आधा घण्टा पछि सम्बोधनमा उत्रिएँ ।

कुर्सीमै बसेर १ घण्टा बढी लामो भाषणले उपस्थित धेरैलाई वाक्कदिक्क बनायो । सम्बोधनका क्रममा अधिकांश समय ओलीले शेरबहादुर देउवा, प्रचण्ड, लगायतलाई गाली गर्देमा खर्चिएँ । मोरङ जिल्लाभरका १७ पालिकामध्ये एमालेले ९ पालिका प्रमुख र १२ पालिका उपप्रमुख जितेको हो । यही जितको हुटहुटी सहितको दम्भ ओलीमा प्रष्ट देखियो ।

सिट संख्यामा केहि तलमाथि भएको र अहिले पनि ७ वटै प्रदेशमा एमाले १ नं. पार्टी भएको ओलीको घमण्ड पुनः दोहोरियो । कार्यक्रममा एमालेका अन्य नेताहरु, अग्नि खरेल, शेरधन राई, लालबाबु पण्डित, जिवन घिमिरे, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मोरङ जिल्लाभरका एमालेबाट बिजेता स्थानीय जनप्रतिनिधिहरुलाई सफल कार्यकालको ओलीले शुभकामना समेत दिएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]