२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

पेट्रोलमा ६५ रुपैयाँ कर मात्र ! घटाउने कि ?

Logo

दिनेश खड्का
विराटनगर, असार ७
भारतबाट १३१.९१ नेपाली रुपैयाँमा पेट्रोल खरिद गरेर नेपाल आयल निगमले नेपालमा १९९ मा बेच्दैछ । पेट्रोल खरिद मुल्यभन्दा मंहगो पर्नुको कारण यसमा लाग्ने कर हो । प्रति लिटर पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ सरकारी राजस्व लिन्छ ।

पेट्रोलको ढुवानी भाडा, व्यवसायीको मुनाफा , निगमको खर्चसहित खुद्रा मुल्य अहिले १९९ रुपैयाँ पुर‌्याईएको छ । तथापी पनि निगमलाई पेट्रोलमा १३.५८ रुपैयाँ घाटा नै छ ।

त्यसतै भारतबाटै १४६.५२ नेपाली रुपैयाँमा खरिद गरिएको डिजल नेपालमा उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । डिजलमा प्रतिलिटर ४९.५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानि भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मुल्य तोकिएको छ । तथापी डिजेलमा पनि निगमलाई १३.९७ रुपैयाँ घाटा नै छ ।

यी कर बाहेक पेट्रोल र डिजेलमा सरकारले पूर्वाधार कर बापत प्रतिलिटर १० रुपैयाँ अतिरिक्त लिने गरेको छ ।
अहिले अन्तराष्ट्राय जगतमै तेलको मुल्यबृद्धि भईरहदा नेपालमा पनि भाउ बढ्नु स्वाभाविक हो । यस्तो संकटको अवस्थामा जनतालाई राहत दिनु सरकारको जिम्मेवारी हो । तर अन्तराष्ट्रय मुल्यवृद्धिको कारण देखाएर अहिले सरकार आफ्नो जिम्मेवारीबाट पञ्छि मात्र रहेको छ ।

सरकारसँग तेलको मुल्य घटाउने केहि विकल्प छ, जसमध्ये सबैभन्दा उत्कृष्ट विकल्प तेलमा लाग्ने कर घटाउनु हो । सरकारले हाल तेलमा लिदै आएको करलाई आधा घटाउने हो भने, उपोभोक्तालले डढे सयको आसपासमा पेट्रोल तथा डिजल पाउने थिए ।
तर सरकार कर घटाउने पक्षमा छैन् । किनेभने एकपटक छुटदिए जनता पल्कने सरकारलाई डर छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]