१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा ओटो–ट्रियोको विक्रि शुरु, फुल चार्जमा १३० किमी कुद्ने दावी

Logo

विराटनगर , साउन २५
निरज बस्नेत
अग्नि ग्रुपले विराटनगरमा महिन्द्राको ईलेक्ट्रिक थ्री ह्विलर अटो ट्रियो सार्वजनिक गरेको छ । बुधवार पिपल चोकमा रहेका महेन्द्राको आधिकारिक शोरुममा ट्रियो सार्वजनिक गरिएको हो ।
विराटनगर महानगरपालिकाकी उप प्रमुख शिल्पा निराला कार्कीले छोपिएको पर्दा हटाएर ओटो ट्रियोलाई सार्वजनिक गरेकी थिईन् । यसअघि कम्पनीले चितवन, हेटौडा, धनगढी, जनकपुरधाम लगाएतको सहरमा अटो ट्रियो सार्वजनिक गरिसकेको छ ।

ट्रियो भारतको १ नम्वर विधुतीय अटोको रुपमा चिनिएको  तिन पांग्रे सवारी हो । सार्वजनिकीकरण कार्यक्रममा अग्नि ईनर्जीका तर्फवाट एजीएम प्रमोद भण्डारी र विराटनगरका लागि बिक्रेता रोयल अटो ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक किरण भट्टराई लगायतले ट्रियोको विशेषताको बारेमा जानकारी गराएका थिएँ ।

लामो समयदेखि गाडी–घोडा कारोबार गर्दै आएका भट्टराई ओटो मोबाईलको क्षेत्रमा कुशल व्यवसायीको रुपमा चिनिन्छन् । ओटोमोवाईल क्षेत्रमा ईमान्दारीता देखाएर बनाएको विश्वासको जगलाई टुट्न नदिनलाई पनि, भट्टराईले भरपर्दो प्रडक्टहरु मात्र विक्रि वितरण गर्ने गरेको ग्राहकहरुकै बुझाई छ ।

महिन्द्राको ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्दैछ । यसमा ग्राहकले वार्षिक रु. ३ लाख, पेट्रोल–अटोको तुलनामा बचत गर्न सक्ने बताईएका छ । एक पटक फुल चार्ज गर्दा १३० किलोमिटरको यात्रा गर्ने सक्ने ट्रियोको क्षमता रहको कम्पनीको दावी छ ।

ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक किरण भट्टराईका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरुले उत्कृष्ट इन्जिनियरिङ् र विश्वसनीयताबाट लाभ उठाउन सक्नेछन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरुका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने कम्पनीको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]