०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ऋषी पञ्चमीको अवसरमा वृद्धवृद्धालाई जलपान

Logo

विराटनगर, भदौ ११
आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो ।

आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो ।
श्री गुरु कविर साहेव स्थान , कविरका अनुयायीहरुको मन्दिर हो ।

कविरको मन्दिरले विभिन्न धार्मिक अवसरहरुमा भजन कृतन एवं जालपान लगाएतको समाजिक काम गर्दै आएको कविर स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी गराए । कार्यक्रममा आश्रमका अध्यक्ष जगत अज्र्यालले वृद्धवृद्धालाई लक्षितगरी जालपान कार्यक्रम आयोजाना गरेकोमा कविर मन्दिर समितिलाई धन्यवाद समेत व्यक्त गरे ।

बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ । बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको बताइएके छ ।
गुरु कविर साहेव ५६८ वर्ष अघि भारतमा उत्पत्ती भएको किंबदन्ती छ । उनले विश्वमा छुवाछुत उन्मूलनका लागी अगुवाको भुमिका खेलेको अनुयायी बताउँछन् । श्री कविर साहेव हिन्दु धर्म अन्र्तगत नै पर्दछ । अन्तर यति मात्र छ, हिन्दु धर्मले छुवाछुत मान्छ, कविरका अनुयायी छुवाछुत मान्दैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]