०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट राजवंशी दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा

Logo

विराटनगर, असोज ६
निरज बस्नेत
विराटनगरमा यही १० असोजबाट हुने विराट राजवंशी दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सो कुराको जानकारी आयोजक संस्था विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले दिएका छन् ।

स्थानीय खेल मैदान हाटखोलामा हुने महोत्सवमा ६० वटा आकर्षक स्टलहरु रहने छन् । ३० भन्दा बढी स्टल बुक भईसकेका छन् । बाँकी, धमाधम बुकिङको प्रक्रियामा लाग्दै गरेको जानकारी महोत्सव समितिका प्रमुख व्यवस्थापक नारायण अधिकारीले बताएका छन् ।

महोत्सवमा आकर्षणका रुपमा स्थानीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको धमाकेदार प्रस्तुति रहने महोत्सव समितिका व्यवस्थापक गौरी लिम्वू बताउँछन् । यसपालि राष्ट्रिय कलाकारहरुमा, सुमित खड्का, ज्योती मगर, प्रमोद खरेल, टंक बुढाथोकी, मेलिना राई, प्रिती आले, प्रकाश सपूत, अशोक दर्जीको साथमा नेपालीभाषी अन्र्तराष्ट्रिय गायक प्रशान्त तामाङको समेत बेजोड प्रस्तुति रहने छ ।

साथसाथै, बालबालिकाका लागि, बाल उधान, विविध खेलसामाग्री, रोटे पिङ, कोलम्वस नाउँ, ड्राइगन रेल, लगायत अन्य रहेको कुरा अध्यक्ष राजवंशी बताउछन् । खानाका मिठा–मिठा परिकारको स्टल रहने हुनाले पनि खानाका स्वाद पारखीहरुको लागि महोत्सव थप रमाईलो हुनसक्दछ ।

महोत्सव पूरै पारिवारिक वातावरण हुनेछ । १० असोज घटस्थापनाको दिनमा शुरु हुने महोत्सव २१ असोजसम्म गरी १२ दिन चल्नेछ । प्रत्येक दिन विहान ११ बजेदेखी राती १० बजेसम्म महोत्सव हुनेछ । स्मरण रहोस् यसअघिको प्रथम विराट राजवंशी महोत्सव अत्यधिक सफल रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]