२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराट राजवंशी दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९

विराटनगर, असोज ६
निरज बस्नेत
विराटनगरमा यही १० असोजबाट हुने विराट राजवंशी दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सो कुराको जानकारी आयोजक संस्था विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले दिएका छन् ।

स्थानीय खेल मैदान हाटखोलामा हुने महोत्सवमा ६० वटा आकर्षक स्टलहरु रहने छन् । ३० भन्दा बढी स्टल बुक भईसकेका छन् । बाँकी, धमाधम बुकिङको प्रक्रियामा लाग्दै गरेको जानकारी महोत्सव समितिका प्रमुख व्यवस्थापक नारायण अधिकारीले बताएका छन् ।

महोत्सवमा आकर्षणका रुपमा स्थानीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको धमाकेदार प्रस्तुति रहने महोत्सव समितिका व्यवस्थापक गौरी लिम्वू बताउँछन् । यसपालि राष्ट्रिय कलाकारहरुमा, सुमित खड्का, ज्योती मगर, प्रमोद खरेल, टंक बुढाथोकी, मेलिना राई, प्रिती आले, प्रकाश सपूत, अशोक दर्जीको साथमा नेपालीभाषी अन्र्तराष्ट्रिय गायक प्रशान्त तामाङको समेत बेजोड प्रस्तुति रहने छ ।

साथसाथै, बालबालिकाका लागि, बाल उधान, विविध खेलसामाग्री, रोटे पिङ, कोलम्वस नाउँ, ड्राइगन रेल, लगायत अन्य रहेको कुरा अध्यक्ष राजवंशी बताउछन् । खानाका मिठा–मिठा परिकारको स्टल रहने हुनाले पनि खानाका स्वाद पारखीहरुको लागि महोत्सव थप रमाईलो हुनसक्दछ ।

महोत्सव पूरै पारिवारिक वातावरण हुनेछ । १० असोज घटस्थापनाको दिनमा शुरु हुने महोत्सव २१ असोजसम्म गरी १२ दिन चल्नेछ । प्रत्येक दिन विहान ११ बजेदेखी राती १० बजेसम्म महोत्सव हुनेछ । स्मरण रहोस् यसअघिको प्रथम विराट राजवंशी महोत्सव अत्यधिक सफल रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]