२३ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराटनगरमा वृक्ष क्याफेको शुरुवात

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

विराटनगर, असोज, ९
निरज बस्नेत
विराटनगर–३ मा वृक्ष क्याफेको शुरुवात भोलीबाट हुदैछ । सो कुराको जानकारी यस क्याफेका संचालक अमित शर्माले दिएँका छन् । विराटनगर–३ नं. वडा कार्यालय पछाडी अवस्थित यो क्याफे आफैमा आकर्षक देखिएको छ ।

पोखरीया स्कूलको बाटो हुदै हिड्ने हरकोही यसको सजावटको मुक्तकण्ठले प्रसंसा नगरी रहन सक्दैनन् । विराटनगर वंजरा चोकका स्थानीय नरेश शर्माको परिकल्पनाको साकार रुप वृक्ष क्याफे हो । रियल स्टेट व्यवसायी नरेशले केही समय अघि बसिबियालोकै क्रममा यस वृक्ष क्याफेको खाका मनमनै कोरका थिएँ । जसले आज साकार रुपधारण गरेको छ ।

यसको संचालकमा नरेशका भतिजा अमित रहेका छन् । २५ लाख हाराहारीको लगानी रहेको यो वृक्ष क्याफे पूर्ण त पारिवारिक हुनेछ । १० धूर सानो एरियामा फैलिएको भएतापनि यहाँभित्रको सजावट मनमोहक छ । विराटनगर कारागारभित्र निर्मित कलात्मक मुढा, टेवुलले भित्रको दृश्य शानदार बनाएको छ ।

पौराणिक तोपको लुक होस् चाहे, काठको लालटिनको सजावट लोभलाग्दो छ । साँझ परेपछि यस वृक्ष क्याफेमा छिर्नेहरु भित्रभित्रै लठ्ठीन्छन् । त्यो खालको आनन्ददायक वाल पेन्टिङहरु झनै आकर्षक लाग्छन् । चारैतिरको लाईट्सको ईफेक्ट्स फ्याक्ट्स देखिन्छन् ।

स्पेशल कूक सहित किचेन एक हेल्पर सँगै ५ जना स्टाफले शुरुवाती चरणमा रोजगार पाएका छन् । चिया, कफी, फास्टफूटका विविध आईटमहरु उपलव्ध हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]