०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

विराटनगरमा वृक्ष क्याफेको शुरुवात

Logo

विराटनगर, असोज, ९
निरज बस्नेत
विराटनगर–३ मा वृक्ष क्याफेको शुरुवात भोलीबाट हुदैछ । सो कुराको जानकारी यस क्याफेका संचालक अमित शर्माले दिएँका छन् । विराटनगर–३ नं. वडा कार्यालय पछाडी अवस्थित यो क्याफे आफैमा आकर्षक देखिएको छ ।

पोखरीया स्कूलको बाटो हुदै हिड्ने हरकोही यसको सजावटको मुक्तकण्ठले प्रसंसा नगरी रहन सक्दैनन् । विराटनगर वंजरा चोकका स्थानीय नरेश शर्माको परिकल्पनाको साकार रुप वृक्ष क्याफे हो । रियल स्टेट व्यवसायी नरेशले केही समय अघि बसिबियालोकै क्रममा यस वृक्ष क्याफेको खाका मनमनै कोरका थिएँ । जसले आज साकार रुपधारण गरेको छ ।

यसको संचालकमा नरेशका भतिजा अमित रहेका छन् । २५ लाख हाराहारीको लगानी रहेको यो वृक्ष क्याफे पूर्ण त पारिवारिक हुनेछ । १० धूर सानो एरियामा फैलिएको भएतापनि यहाँभित्रको सजावट मनमोहक छ । विराटनगर कारागारभित्र निर्मित कलात्मक मुढा, टेवुलले भित्रको दृश्य शानदार बनाएको छ ।

पौराणिक तोपको लुक होस् चाहे, काठको लालटिनको सजावट लोभलाग्दो छ । साँझ परेपछि यस वृक्ष क्याफेमा छिर्नेहरु भित्रभित्रै लठ्ठीन्छन् । त्यो खालको आनन्ददायक वाल पेन्टिङहरु झनै आकर्षक लाग्छन् । चारैतिरको लाईट्सको ईफेक्ट्स फ्याक्ट्स देखिन्छन् ।

स्पेशल कूक सहित किचेन एक हेल्पर सँगै ५ जना स्टाफले शुरुवाती चरणमा रोजगार पाएका छन् । चिया, कफी, फास्टफूटका विविध आईटमहरु उपलव्ध हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]

काठमाडौं, १० फागुन । आइतबार नेपालको बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ […]