०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–६ मा पण्डितसँगै कोईरालाको चर्चा

Logo

विराटनगर, कार्तिक ५
निरज बस्नेत
मोरङ–६ मा यतिवेला चुनावी माहौल ह््वात्तै तातेको अवस्था छ । हेविवेट उम्मेदवारद्दयका कारण पनि हुन सक्छ, माहौल गरमाएको यथार्थ हो । गएको ७४ को चुनावमा जितेका एमालेका लालवावु पण्डितको उम्मेदवारी फेरी परेको छ । उता गएकै ७४ को चुनावमा पराजित हुन पुगेका नेपाली कांग्रेसका डा. शेखर कोईरालाको उम्मेदवारी पर्नुलाई समेत अर्थपूर्ण रुपले हेरिएको छ ।

दुई हेविवेटद्दयको उम्मेदवारीलाई सवैले चासोको रुपमा अर्थयाएका छन् । ७४ को प्रतिनिधि सभाको चुनावमा एमालेका लालवावुले कांग्रेसका शेखरलाई ६७५ मतान्तरले पराजित गरेका थिएँ । लालवावुको त्योवेला ३३ हजार ९ सय ४१ मत आएको थियो । यता शेखरको ३३ हजार २ सय ६६ आएको हो । वि.सं. २०४८ सालको चुनावमा तत्कालीन मोरङ–३ बाट कांग्रेसका बद्रीनारायण बस्नेतलाई एमालेवाट नै लालवावुले चुनाव जिति विजयको झण्डा गाडेका थिएँ । लालवावुले २०४८ मै मजदूर संगठनबाट राजनीति शुरु गरेका हुन् । २०५१ को चुनावमा पुनः लालवावु चुनावी मैदानमा होमिदा बस्नेतसंग भने पराजित हुन पुगे । २०५६ मा कांग्रेसका गोपाल राजभण्डारीलाई लालवावुले हराएँ । पहिलो संविधानसभाको चुनावमा लालवावु समानुपातिक कोटाबाट सांसदमा चुनिएका थिएँ । दोस्रो संविधानसभाको चुनावमा पण्डितलाई पार्टीले पत्याएन । दुईपटक मन्त्री बन्न सफल पण्डित विगतमा माधव कुमार नेपाल खेमाका रुपमा चिनिन्थे । ५ पुष २०७७ मा प्रतिनिधि सभा विघटन हुदा पण्डित ओली कित्तामा पुगे । हाल एमालेका स्थायी कमिटी सदस्य लालवावु हुन् ।

कुनै समयमा धरानस्थित विपी क्याम्पका उपकूलपति भई लामो समय जागिर जीवन गरेका शेखरले त्यो जागिरे जीवन समाप्त गरी राजनीति शरु गरेका हुन् । एक उपनिर्वाचन गरी चारपटक चुनावी दौडमा छाएका शेखरले दुईपटक चुनाव जितेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष विजय कुमार गच्छदारलाई शेखरले ५ हजार १ सय ५५ मतान्तरले हराएका थिएँ । यो वेला दुई ठाउँवाट उठेका गच्छदारले तत्कालीन मोरङ–७ बाट शेखरसँग हारेका हुन् । यसअघिको ७४ को चुनावमा एमालेका पण्डितसँग हारेका शेखरले मंसीर ४ , २०७९ मा बदला लिने राम्रो अवसर बन्न सक्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]