१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

मोरङ–५ मा राष्ट्रिय स्वतन्त्रका उम्मेदवार प्रमोदको चुनावी माहौल राम्रो बन्दै

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

विराटनगर, कार्तिक २४
निरज बस्नेत
मोरङ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार मण्डलको चुनावी माहौल यतिवेला ह््वात्तै तातेको छ । विराटनगर जहदा रोडका स्थानीय मण्डल एक होनहार युवा उम्मेदवार हुन् ।

भ्रष्टाचार विरोधी पार्टीको रुपमा चिनिएको यो रा.स्व.पा.ले केही गर्छ है भन्दैछन्, यस क्षेत्रका मतदाताहरु, वास्तवमै केन्द्रीय सभापति रवि लामिछानेको बढ्दो क्रेजले आज यस पार्टीका प्रायः जसो उम्मेदवारलाई आम मतदाताले उत्साहपूर्वक हेरिरहेका छन् । अझ भन्दा मोरङ–५ का उम्मेदवार मण्डलले सवै वर्गका उमेर समूहका मतदाताको मन जितिरहेका छन् ।

बौद्दिक युवा अभियन्ताको जोडदार छवि स्थापित गरेका मण्डलको मुख्य जोड, आर्थिक क्रान्ति नै रहेको छ । कृषिमा लगानी र प्राविधिक शिक्षाको व्यवस्था, एक हात–एक शिपको राष्ट्रिय नीति लागू गर्ने मण्डलको प्रतिवद्दता छ । विशेष त छोरीलाई अझ पनि हाम्रो समाजमा कतिपयले हेला गर्ने परिपाटीलाई यिनले छोरी जन्मिएँ घरमा उत्सवसँगै बैंक खाता खोलिने महत्वपूर्ण योजना बताएँका छन् ।

धर्म, संस्कृति र सम्पदाको जगेर्नातर्फ जोड दिएका छन् । दशगजाको सुरक्षामा प्रमुख प्राथमिकता यिनले दिएका छन् । ठूला व्यापारी त ठूला भईगए, साना व्यापारीसँग एककदम अगाडी बढी हातेमालो योजना पनि गर्ने जनाएका छन् । पुराना राजनैतिक पार्टीहरु– नो नट अगेन, आफ्नो एक मतको शक्तिलाई बुझौ र सहि ठाउँमा प्रयोग गरौं । धेरै पटक भुल गर्यो, कृपया अब भुल नगरौ, यही यस्ता सान्दर्भिक भनाईका साथमा मोरङ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंसीर–४ को चुनावी मैदानमा होमिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]