०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–५ मा राष्ट्रिय स्वतन्त्रका उम्मेदवार प्रमोदको चुनावी माहौल राम्रो बन्दै

Logo

विराटनगर, कार्तिक २४
निरज बस्नेत
मोरङ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार मण्डलको चुनावी माहौल यतिवेला ह््वात्तै तातेको छ । विराटनगर जहदा रोडका स्थानीय मण्डल एक होनहार युवा उम्मेदवार हुन् ।

भ्रष्टाचार विरोधी पार्टीको रुपमा चिनिएको यो रा.स्व.पा.ले केही गर्छ है भन्दैछन्, यस क्षेत्रका मतदाताहरु, वास्तवमै केन्द्रीय सभापति रवि लामिछानेको बढ्दो क्रेजले आज यस पार्टीका प्रायः जसो उम्मेदवारलाई आम मतदाताले उत्साहपूर्वक हेरिरहेका छन् । अझ भन्दा मोरङ–५ का उम्मेदवार मण्डलले सवै वर्गका उमेर समूहका मतदाताको मन जितिरहेका छन् ।

बौद्दिक युवा अभियन्ताको जोडदार छवि स्थापित गरेका मण्डलको मुख्य जोड, आर्थिक क्रान्ति नै रहेको छ । कृषिमा लगानी र प्राविधिक शिक्षाको व्यवस्था, एक हात–एक शिपको राष्ट्रिय नीति लागू गर्ने मण्डलको प्रतिवद्दता छ । विशेष त छोरीलाई अझ पनि हाम्रो समाजमा कतिपयले हेला गर्ने परिपाटीलाई यिनले छोरी जन्मिएँ घरमा उत्सवसँगै बैंक खाता खोलिने महत्वपूर्ण योजना बताएँका छन् ।

धर्म, संस्कृति र सम्पदाको जगेर्नातर्फ जोड दिएका छन् । दशगजाको सुरक्षामा प्रमुख प्राथमिकता यिनले दिएका छन् । ठूला व्यापारी त ठूला भईगए, साना व्यापारीसँग एककदम अगाडी बढी हातेमालो योजना पनि गर्ने जनाएका छन् । पुराना राजनैतिक पार्टीहरु– नो नट अगेन, आफ्नो एक मतको शक्तिलाई बुझौ र सहि ठाउँमा प्रयोग गरौं । धेरै पटक भुल गर्यो, कृपया अब भुल नगरौ, यही यस्ता सान्दर्भिक भनाईका साथमा मोरङ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंसीर–४ को चुनावी मैदानमा होमिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]