२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराट मेडिकल टिचिङमा ५ करोड घोटाला

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

विराटनगर, कार्तिक २९
निरज बस्नेत
गंगा चोक बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल टिचिङ अस्पतालमा ५ करोड आर्थिक हिनामिना भएको अस्पताल स्रोत बताउँछ । यता प्रहरीको अनुशन्धानबाट ५८ लाख मात्र  घोटाला भएको देखिन्छ ।

अस्पतालका कर्मचारीले नक्कली विरामी खडा गरी आर्थिक अपचलन गरेको पाईएको छ । यसमा कर्मचारी दुर्गा बहादुर विष्टको प्रमुख संलग्नता देखिन्छ । विष्ट विराटमा रिसेप्सन विलिङ एण्ड डिस्चार्ज विभागमा कार्यरत थिएँ । त्यस्तै मुख्य योजनाकारमा, अश्विन भट्टराई, समेतको संलग्नता रहेको पाईयो । जसअनुसार मोटामोटी ५८ लाख आसपास घोटाला भएको प्रहरी बताउँछ । तर, अस्पतालको दावी ५ करोडको छ ।

मोरङ प्रहरीले घटनामा संलग्न अन्य ८ जनालाई पक्राउ गरेको थियो । यसमा सवैभन्दा बढी घोटाला, विष्ट र भट्टराईले गरेको प्रहरी बताउँछ । सम्मानित मोरङ जिल्ला अदालतमा दायर अभियोगमा उल्लेख भएँअनुसार, विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैंया, रकम हिनामिना गरेको दावी छ । भट्टराईले २३ लाख ९० हजार ७ सय ३१ रुपैंया अपचलन गरेको उल्लेख छ ।

यस्तै अस्पतालका अन्य कर्मचारीहरुमा, स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभुनारायण चौंधरीले ३३ हजार ३ सय, सुसिल पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, वसन्त कुमार रामले १० हजार र नरनारायण चौंधरीले ५६ हजार ५ सय ७३ रुपैंया घोटाला गरेको अदालतमा दायर भएको ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]