२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराट मेडिकल टिचिङमा ५ करोड घोटाला

Logo

विराटनगर, कार्तिक २९
निरज बस्नेत
गंगा चोक बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल टिचिङ अस्पतालमा ५ करोड आर्थिक हिनामिना भएको अस्पताल स्रोत बताउँछ । यता प्रहरीको अनुशन्धानबाट ५८ लाख मात्र  घोटाला भएको देखिन्छ ।

अस्पतालका कर्मचारीले नक्कली विरामी खडा गरी आर्थिक अपचलन गरेको पाईएको छ । यसमा कर्मचारी दुर्गा बहादुर विष्टको प्रमुख संलग्नता देखिन्छ । विष्ट विराटमा रिसेप्सन विलिङ एण्ड डिस्चार्ज विभागमा कार्यरत थिएँ । त्यस्तै मुख्य योजनाकारमा, अश्विन भट्टराई, समेतको संलग्नता रहेको पाईयो । जसअनुसार मोटामोटी ५८ लाख आसपास घोटाला भएको प्रहरी बताउँछ । तर, अस्पतालको दावी ५ करोडको छ ।

मोरङ प्रहरीले घटनामा संलग्न अन्य ८ जनालाई पक्राउ गरेको थियो । यसमा सवैभन्दा बढी घोटाला, विष्ट र भट्टराईले गरेको प्रहरी बताउँछ । सम्मानित मोरङ जिल्ला अदालतमा दायर अभियोगमा उल्लेख भएँअनुसार, विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैंया, रकम हिनामिना गरेको दावी छ । भट्टराईले २३ लाख ९० हजार ७ सय ३१ रुपैंया अपचलन गरेको उल्लेख छ ।

यस्तै अस्पतालका अन्य कर्मचारीहरुमा, स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभुनारायण चौंधरीले ३३ हजार ३ सय, सुसिल पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, वसन्त कुमार रामले १० हजार र नरनारायण चौंधरीले ५६ हजार ५ सय ७३ रुपैंया घोटाला गरेको अदालतमा दायर भएको ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]