३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

चर्को ब्याज विरुद्द आन्दोलनमा जाने उद्घोष

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

विराटनगर, मंसीर २६
निरज बस्नेत

मोरङ व्यापार संघको समृद्दी हलमा बैंकको चर्को व्याज विरुद्द आन्दोलन घोषणाको कार्यक्रम तय भएको छ । मोरङ व्यापार संघ, उद्याेग संगठन मोरङ र नेपाल उधोग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो ।कार्यक्रममा उद्याेगी, व्यवसायी, लगायत अन्यको सहभागिता रहेको थियो ।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन कुमार सारडाले आन्दोलनप्रति ऐक्यवद्दता जनाउँदै बैकको चर्को व्याज विरुद्द कटाक्ष व्यक्त गर्दे भने यसवाट सामान्य १ लाखको मोटरसाइकल लोनमा लिने देखी सवै खाले व्यापारी, उद्याेगीलाइ असर परेको बताएँ । नेपाल उद्याेग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले उपस्थित सवैलाइ समर्थनका लागि आह्वान गरे ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले कार्यक्रमको अन्तमा सम्वोधन गर्दे आक्रोसित मुद्रामा आफ्नो भनाई राखे । यसक्रममा रिजालले प्रदेश सरकारले यो ६ बर्षमा राष्ट्रको ढुकुटीवाट ९ खरव रुपैया फोकटमा खर्च गरेको प्रति गम्भीर आपत्ति जनाएँ । बैंकको चर्को ब्याज बढ्नुमा प्रमुख दोषी सरकार नै रहेको समेत ठोकुवा गरे । उद्याेग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकारले आफ्नो धारणा राख्ने क्रममा राष्ट्र बैंकले अन्य बैंकहरुलाइ नियमन गर्न नसकेको प्रति दुःखेसो जनाएँ ।

अटो मोवाईल एसोसियसन अफ नेपाल(नाडा) प्रदेश १ का अध्यक्ष संजय श्रेष्ठले नाडा पहिले देखी नै बैंकको चर्को व्याज विरुद्ध आन्दोलनमा रहेको र अव झन् यस आन्दोनप्रति ऐक्यवद्दता जनाएँ । कार्यक्रममा एलपीजी ग्यास विक्रेता संघ मोरङका अध्यक्ष गणेश साहले रु १ हजार र रु ५ सयको नोटमा नोटबन्दी गर्नुपर्ने धारणा राख्दै भने यसवाट धेरै हदसम्म बैंकको चर्को व्याजको समस्या समाधान हुने बताएँ ।

सुनचाँदी व्यवसायी मोरङका अध्यक्ष शशीभुषण साहले यथाशीघ्र आन्दोलनमा जानुपर्ने धारणा राखेका थिएँ । त्यस्तैगरी यातायात व्यवसायी तथा समाजसेवी राजन कँडेलले आफुहरु सधै तरकारी, फलफूल मात्र बोक्ने भरियाको रुपमा राज्यले विभेदकारी रुपले हेर्ने गरेको र अवचाहीँ टुलुटुलु हेरेर नबस्ने बताउँदै आन्दोलनमा जानुको विकल्प नरहेको बताएँ ।

कार्यक्रमको निष्कर्ष अवको २ देखी ३ दिनभित्रमा सरोकारवाला बाँकी अन्य सवैसँग बसी छलफलबाट टुंगाइने बताईयो । र, आन्दोलनलाई थप सशक्त पारिने जनाइयो । कार्यक्रममा उपस्थित सवैले आन्दोलनविना नेपालमा कुनैपनि कुरा नसुल्झिने भएका कारण आन्दोलन गर्नुको विकल्प नरहेको बताएँ । आन्दोलनमा जाने उपस्थित सवैको एकमत रह्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]