२५ माघ २०८२, शनिबार
07-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चर्को ब्याज विरुद्द आन्दोलनमा जाने उद्घोष

Logo

विराटनगर, मंसीर २६
निरज बस्नेत

मोरङ व्यापार संघको समृद्दी हलमा बैंकको चर्को व्याज विरुद्द आन्दोलन घोषणाको कार्यक्रम तय भएको छ । मोरङ व्यापार संघ, उद्याेग संगठन मोरङ र नेपाल उधोग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो ।कार्यक्रममा उद्याेगी, व्यवसायी, लगायत अन्यको सहभागिता रहेको थियो ।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन कुमार सारडाले आन्दोलनप्रति ऐक्यवद्दता जनाउँदै बैकको चर्को व्याज विरुद्द कटाक्ष व्यक्त गर्दे भने यसवाट सामान्य १ लाखको मोटरसाइकल लोनमा लिने देखी सवै खाले व्यापारी, उद्याेगीलाइ असर परेको बताएँ । नेपाल उद्याेग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले उपस्थित सवैलाइ समर्थनका लागि आह्वान गरे ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले कार्यक्रमको अन्तमा सम्वोधन गर्दे आक्रोसित मुद्रामा आफ्नो भनाई राखे । यसक्रममा रिजालले प्रदेश सरकारले यो ६ बर्षमा राष्ट्रको ढुकुटीवाट ९ खरव रुपैया फोकटमा खर्च गरेको प्रति गम्भीर आपत्ति जनाएँ । बैंकको चर्को ब्याज बढ्नुमा प्रमुख दोषी सरकार नै रहेको समेत ठोकुवा गरे । उद्याेग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकारले आफ्नो धारणा राख्ने क्रममा राष्ट्र बैंकले अन्य बैंकहरुलाइ नियमन गर्न नसकेको प्रति दुःखेसो जनाएँ ।

अटो मोवाईल एसोसियसन अफ नेपाल(नाडा) प्रदेश १ का अध्यक्ष संजय श्रेष्ठले नाडा पहिले देखी नै बैंकको चर्को व्याज विरुद्ध आन्दोलनमा रहेको र अव झन् यस आन्दोनप्रति ऐक्यवद्दता जनाएँ । कार्यक्रममा एलपीजी ग्यास विक्रेता संघ मोरङका अध्यक्ष गणेश साहले रु १ हजार र रु ५ सयको नोटमा नोटबन्दी गर्नुपर्ने धारणा राख्दै भने यसवाट धेरै हदसम्म बैंकको चर्को व्याजको समस्या समाधान हुने बताएँ ।

सुनचाँदी व्यवसायी मोरङका अध्यक्ष शशीभुषण साहले यथाशीघ्र आन्दोलनमा जानुपर्ने धारणा राखेका थिएँ । त्यस्तैगरी यातायात व्यवसायी तथा समाजसेवी राजन कँडेलले आफुहरु सधै तरकारी, फलफूल मात्र बोक्ने भरियाको रुपमा राज्यले विभेदकारी रुपले हेर्ने गरेको र अवचाहीँ टुलुटुलु हेरेर नबस्ने बताउँदै आन्दोलनमा जानुको विकल्प नरहेको बताएँ ।

कार्यक्रमको निष्कर्ष अवको २ देखी ३ दिनभित्रमा सरोकारवाला बाँकी अन्य सवैसँग बसी छलफलबाट टुंगाइने बताईयो । र, आन्दोलनलाई थप सशक्त पारिने जनाइयो । कार्यक्रममा उपस्थित सवैले आन्दोलनविना नेपालमा कुनैपनि कुरा नसुल्झिने भएका कारण आन्दोलन गर्नुको विकल्प नरहेको बताएँ । आन्दोलनमा जाने उपस्थित सवैको एकमत रह्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]