२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसिर २७
विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टम दीगो रुपमा सुदृढ गर्ने उद्देश्यकासाथ एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको हो । एक्स्पोमा नयाँ आइडिया भएका युवा युवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने, अवसर प्राप्त हुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए ।

उनले स्टार्ट अप प्रोजेक्ट उद्योग संगठन मोरङले प्रदेश १ मा पहिलो पटक सञ्चालनमा ल्याएका कारण एक्स्पोमा पनि स्टार्टअपको छुट्टै पेभिलिएन बनाउन लागिएको बताए । उद्यमी बन्न चाहने युवाहरूले पेभिलियनमा आफ्नो आइडिया राख्न पाउने छन् । प्याकुरेलका अनुसार स्टार्टअपमा व्यवसाय दर्तादेखि, लेखा राख्ने र व्यवस्थित व्यवसाय कसरी गर्ने भन्नेबारे विज्ञहरूबाट जानकारी दिने व्यवस्था गरिएको छ ।

पेभेलियनमा उद्योग संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो व्यचका लागि छनौट गरिएका १७ वटा स्टार्टअप नवप्रवर्तक उद्यमीहरू, विजनेश कोचहरू, विराटनगर महानगरपालिका, प्रदेश उद्योग तथा श्रम रोजगार मन्त्रालयलगायतको सहभागिता हुनेछ । व्यवसायिक आइडिया तथा सोच भएका तर, के गर्ने कसो गर्ने भन्ने ज्ञान नभएका जो कोहीका लागि स्टार्टअप पेभेलियन उपयोगी हुने अध्यक्ष प्याकुरेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]