१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अपहरण कसुरका आराेपित मिडिया सञ्चालक खत्ताब पक्राउ

Logo

विराटनगर, मंसिर २९
अपहरण तथा शरीर बन्धक’ मुद्दा लागेका नेपाल टाइम्स मिडिया प्रालिका ‌संचालक एव‌् प्रमुख कार्यकारी निर्देशक ३१ वर्षीय सैहैन्शा सिद्धिकी भन्ने अब्दुल खत्ताब पक्राउ परेका छन् । खत्ताब बिहिबार विहान करिब साढे ११ बजे विराटनगर १ बाट पक्राउ परेको मोरङ प्रहरीले जनाएकाे छ ।

विराटनगरका प्रतिष्ठित उद्योगी अरुणकुमार राठीले खत्ताबविरुद्ध जिल्ला प्रहरी कार्यलयमा केहि समय अघि जाहेरी दिएका थिए । खत्ताबसहित तिन जनालाई जाहेरीमा प्रतिवादी बनाइएकाे थियाे । आरोपित खत्ताबबाहेक अन्यकाे पिहचान अझ स्पष्ट खुलेको छैन ।

राठी नेपाल टाईम्सका अनलाईनका सझेदार समेत हुन् । सो अनलाईनमा आफ्नो ५ हजार कित्ता (२०प्रतिशत) शेयर रहेको राठीले जाहेरीमा खुलाएका छन् । राठी प्रदेशसभा १ समानुपातिकतर्फको एमालेबाट उम्मेदवार समेत हुन् ।

अपहरणमा परेको तिन दिनपछि मात्र आईतबार  राठीले प्रहरी समक्ष जाहेरी दिएका थिए । खत्ताबको त्रासले तिन दिनसम्म घरबाट बाहिर निस्किन नसकेको र पछि इष्टमित्रले हौसला दिएपछि जाहेरी दिने आट आएको राठीको भनाई छ ।

जाहेरी अनुसार गत बुधवार विहान करिब साढे ६ बजे खत्ताबले अन्तर्वार्ता लिनु छ भनी राठीलाई मेनरोडस्थित सत्यनारायण मन्दिर नजिक रहेको निजको घरबाटै स्कुटरमा चढाएर लगेका थिए । त्यसपछि नेपाल टाईम्सको हालको कार्यालयमा लागी ईन्टरभ्यु लिएको र बाँकी भिडियो उक्त अनलाईनकै पुरानो कार्यलयमा बनाउने भन्दै सरौचियास्थित पुरानो कार्यलयमा पुर्‍याएको र त्यहाँ पुगेपछि तारले हात बाधी ३ घण्टासम्म बन्दक बनाई फिरौती रकम माग गरेको राठीको जिकिर छ ।

“खत्ताब बरम्बार फोनमा कसैसँग कुरा गरिरहेको थियो, ईण्डिया पुर्‍याईदिने कसैलाई भन्दै थियो”  राठीले जनचर्चा संवाददातालाई भने “ईण्डिया पुर्‍याएको भए सायद म जिवित आउदिन थिए होला, सोही कारण उसलाई पैशा लिएर छोडिदिन आग्रह गरे ।”  त्यसपछि १५ लाख तत्काल दिने र बाहिर कसैलाई नबताउने सर्तमा मात्र खत्ताबले आफुलाई उन्मुक्त गरेको राठीको भनाई छ ।

उता खत्ताबले भने आफुले राठीको अपहरण गरेको आरोप अस्वीकार गरेका छन् । राठीले व्यापारीक लेनदेनलाई अतिरंजित गरी भ्रम मात्र फैलाउन खोजेको  खत्ताबले जनचर्चालाई आईतबार प्रतिक्रिया दिएका थिए । राठीको कुरामा कुनै पनि सत्यता नभएको र उनले दिनुपर्ने पैशा समयमा नदिएर उल्टै संस्थालाई बेला बेला संकटमा पार्दै आएको खत्ताबको भनाई छ ।
सोही विषयमा आईतबारनै प्रहरीले खत्ताबलाई जिल्ला प्रहरी कार्यलय मोरङमा बोलाई सोधपुछ गरेको थियाे । सोधपुछ गरी सोही दिन खत्ताबलाई मोरङ प्रहरीले छोडिदिएको थियो । सोमबार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी खत्ताबको खोजीमा जुटेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]