२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

परम्परागत सीपका स्टलमा अवलोकनकर्ताको आकर्षण

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

विराटनगर, पुस १
उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टलमा आगन्तुकको आकर्षण देखिएको हो । कपडा कसरी बन्छ भन्ने धेरैले नदेखेका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको पंधाक थाकुफुङजइत खाँडी तथा ढाका कपडा उद्योगका सञ्चालक टटबहादुर लिम्बू (पंधाक)ले बताए ।

परम्परागत शैलीबाट यहाँ कपडा बनाएको देखेर धेरै जना अचम्म परेको बताउँदै, टटबहादुर लिम्बूले भने, ‘धेरै जना हाम्रो स्टलमा आएर कपडा बनाएको हेरेर र बुझेर जानु भयो । यहाँ आउने अधिकांशलाई परम्परागत कपडा बुनाइ बारे थाहा रहेन छ ।’
एक्स्पोमा राखिएको परम्परागत माटोको भाँडा बनाउने स्टलमा पनि उस्तै भीड लाग्ने गरेको छ । माटोको भाँडा बनाएको हेर्न मात्रै नभई भाँडा बनाउन पनि पाइने भएकाले माटोको भाँडा बनाउने स्टलमा आकर्षण देखिएको हो । माटोको भाडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको भक्तपुरबाट आएका विनोद प्रजापतिले बताए । उनले माटोको भाडा बनाउन हेर्न तथा सिक्न र जान्नका लागि पनि मानिसहरु आएको बताए ।
परम्परागत प्रविधिको जगेर्ना गर्दै लैजानुपर्छ भन्ने मान्यताकासाथ एक्स्पोमा पराम्परागत सीपका स्टलहरू राखिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पोमा पराम्परागत सामानहरू प्रत्यक्ष बनाएको हेर्न पाइने भएकाले युवा, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायीलगायत सबैलाई यी स्टलहरूले आकर्षित गरेको छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । शुक्रबार प्रदेश १ मा लगानी प्रवद्र्धन गर्ने नीतिगत वातावरण, आर्थिक विकास र लगानी अवसरका क्षेत्रहरूका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुति गर्दै छलफल गरिएको थियो । त्यसैगरी शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गर्नुका साथै छलफलसमेत हुनेछ । दैनिक साँगीतिक कार्यक्रमसमेत रहेको छ । शनिबार राष्ट्रिय गायक सुगम पोखरेलको प्रस्तुति रहने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]