२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

उपभोग्य वस्तु र खानामा आकर्षण

Logo

विराटनगर, पुस २
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोको तेस्रो दिन उपभोग्य वस्तु र खानाका परिकारहरुमा अवलोकनकर्ताको आकर्षणको केन्द्र रहेको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा बजारभन्दा केही सस्तोमा उपभोग्य वस्तु पाइएको अवलोकनकर्ताहरुले बताएका छन् । उनीहरुले विगतको एक्स्पोभन्दा फरक ढंगको रुपमा यस पटक एक्स्पो रहेको बताएका हुन् । यसअघिका एक्स्पोमा सामान किन्ने र बेच्नेको मात्रै भीड रहन्थ्यो । तर, यस पटक फरक किसिमका स्टल रहेको पाइएको विराटनगर–७ का अनिष अर्यालले बताए ।

एक्स्पोमा बजारको भन्दा उपभोग्य वस्तु सस्तो रहेको बताउँदै, अनिष अर्यालले भने, ‘विगतमा एक्स्पो (मेला)मा सामान खरिद बिक्रीका साथै रोटेपिङलगायतका खेल्ने हुन्थ्यो । यस पटक त्यो बाहेक नयाँ किसिमका योजनाहरुको स्टल रहेको पाएँ ।’ यहाँ व्यापार व्यवसाय गर्नका लागि आवश्यक परामर्शलगायत अन्य नयाँ व्यापार व्यवसायको सम्भावनाको क्षेत्र बुझाउनका लागि छुट्टै स्टल रहेको अर्यालले बताए ।

एक्स्पो कस्तो रहेछ भनेर हेर्न आएको बताउँदै, इटहरीबाट आएकी सिर्जना पोखरेलले भनिन्, ‘यस अघि लाग्दै आएको एक्स्पो र अहिलेको एक्स्पोमा धेरै फरक रहेको भेटाएँ । हामी गृहणीहरुको मुख्य आकर्षण नै दैनिक उपभोग्य वस्तु हो । त्यो बजारभन्दा सस्तो छ कि छैन भन्ने नै हुन्छ । यहाँ रहेको उपभोग्य वस्तु र घरमा प्रयोग हुने वस्तु बजारको भन्दा केही सस्तो रहेको पाएँ ।’
त्यसैगरी, एक्स्पोमा रहेको विभिन्न किसिममा खानाका स्टल पनि अवलोकनकर्ताहरुको अर्को आकर्षण रहेको छ । यहाँ स्थानीय स्वादका खानाहरु रहेकाले पनि त्यसको आकर्षण रहेको हो ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गरेका थिए । त्यसैगरी, आइतबार प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्ष, पर्यटन प्रवद्र्धन के गर्ने के नगर्ने, पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका, बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल हुनेछ ।
दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय गायकहरुको प्रस्तुति रहने छ । आइतबार मिस्टर डि ¥यापरको प्रस्तुति रहने छ । महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]