२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगरकाे नाङ्लो रेष्टुरेन्ट हाउसफुल

Logo

विराटनगर, पुष ३
दिनेश खड्का
विराटनगरको तिनपैनीमा पुनःसंचालनमा आएको नेपाली नाङ्लो फास्टफुडले गति लिएको छ । असार ३० गते आगलागी भएर ध्वस्त भएको उक्त रेष्टुरन्ट पाँच महिना पछि मंसिर २६ गते पुनः संचालनमा आएको हो ।

संचालनमा आएसँगै पुराना ग्राहकहरुको रेष्टुरेन्टमा आगमन बढेको छ । पुर्न संचालनको पहिलो शनिबार सो रेष्टुरेष्टमा थेगी नसक्नु भिड देखियो । साप्तहन्तमा दिनैभरि रेष्टुरेन्टको दुवै तत्ला ग्राहकले भरिभराउ थिए । रेष्टुरेष्टका कुक, वेटर र अन्य कर्मचारीलाई शनिबार ग्राहक समहाल्न हम्मेहम्मे भयो ।

नाङ्लो सतप्रतिशत भेज रेष्टुरेष्ट हो । यहाँको मःम विराटनगरमा निकैनै प्रसिद्ध छ । मःम बाहेक नुडल, पस्ता, पिज्जाजस्ता कन्टिनेन्टल फुडहरु पनि निकै लोकप्रिय छ । अहिले विराटनगरवासीको चाहना अनुरुप यस रेष्टुरेन्टले भेज विर्यानी समेत बनाउन थालेको छ । पिय पदार्थहरुमा यँहाको मिल्कसेक्क र चोक्लेटसेक पनि निकैनै फेमस छ ।

यस रेष्टुरेष्टका संचालक ईश्वर–किशोर बाँस्कोटा दाजुभाई हुन् । नवनिर्मित रेष्टुरेष्ट कन्क्रिट र आईरनले बनेको छ जुन पुर्णरुपमा आगो र भुकम्प प्रतिरोधात्मक छ । यसअघि आगलागी भएको रेष्टुरेन्ट पुर्णरुपले बास र काठले बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]