१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

पुराना नेपाली चर्चित उत्पादनहरु

Logo

विराटनगर, पुष १३
निरज बस्नेत
याक चुरोट , यो चुरोट जनकपुर चुरोट कारखानाको उत्पादन रहेको थियो । जसको पूर्ण स्वामित्व तत्कालीन श्री ५ को सरकार अन्तर्गत रहेको थियो । यो फिल्टर चुरोट मध्येको त्यतिवेलाको ब्राण्डेड चुरोट थियाे । याक चुराेट उच्चतम भर्जिनिया सूर्तिवाट बनेको थियो । प्रति प्याकेट २० खिल्ली हुन्थ्यो । त्योवेला अक्सर धेरैले यो चुरोटको सेवन गर्दथे ।

उ जमानाका एक व्यक्तित्व जनकपुरका इन्द्र कर्ण अहिले याक चुरोट पिएको स्मरण गर्छन् । कर्ण उ बेलाको घटना सम्झिन्छन् र भन्छन् ‘बाफरे सडक छेउमा उभिएर याक चुरोट पिउँदा विछ्छटै मज्जा आउथ्यो । चुरोट सेवन स्वास्थ्यको लागि पूर्णतया हानिकारक रहेको भएतापनि मन देखी खाइन्थ्यो हौ ।’ याकको जतिको ज्यादा लोकप्रिय नभएतापनि गैंडा एवं देउराली चुरोट पनि लोकप्रिय नै मानिन्थ्यो ।

पूजा सावुन तत्कालीन समयमा बहुदै चल्तीको कपडा धुने सावुन थियो । यो लुगा धुने सावुन प्रायः गृहिणीको रोजाइमा परेको थियो ।

सलाईमा सूर्य मैन सलाइ‍ व्यवसायिक हिसावले उँचाई छोएको थियाे त्यो बेला । महेन्द्रपुल पोखरामा यो सलाइको फ्याक्ट्री अवस्थित थियो ।

मायालु नुहाउने सावुन जसको प्याकेटमा हिन्दि धार्मिक धारावाहीक महाभारतकी प्रमुख पात्रमध्येको एक द्रोपदीको तस्विर अंकित राखिएको थियो, यो सावुनले राम्रो मार्केट जमाएकाे थियो । यो सौन्दर्य सावुनको नामले पनि प्रख्यात थियो । अन्नपूर्ण सोप विराटनगरद्वारा उत्पादित क्याप्टेन र किसान सावुन पनि चल्तीमा रहेकाे थियाे ।

त्यसैगरी नेपालमा बनेको ल्याक्टो फन चकलेट एवं खुल्ला सुन्तला फ्लेवरको चकलेटले बच्चा, जवान, बूढा सवैको मन जितेको थियो ।

स्टार, च्यालेन्जर एवं सानमिगेल  त्यती वेलाका लाेकप्रिय वियर थिए ।

त्याेबेला पशुपति निटीङ इन्डष्ट्रिजद्वारा उत्पादीत टाइटक्स सेण्डो र अण्डरवेयर लगाएर अधिकास‌ं हिड्दथे । टाइटक्स विराटनगरबाट उत्पादन हुने गर्थियाे ।   पाहुर विस्कुट त्यतिवेलाकाे चियामा चाेपेर खाने लाेकप्रिय बस्कुट थियाे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]