२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उद्याेग नरहे, बैंक पनि रहन सक्दैन : उद्याेगी राठी

उद्याेग नरहे, बैंक पनि रहन सक्दैन :
Logo

निरज बस्‍नेत
विराटनगर, पुष १४

बजेटलाई अधिकत्तम खर्च गरेर सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले सुझाएका छन् ।
खस्किएको बजारलाई पुनः चलायमान बनाउने विषयमा जनचर्चा डटकम सँग संक्षिप्त कुराकानी गर्दै उद्योगी राठीले सो प्रतिक्रिया दिएका हुन् ।

तारन्तार देशमा सम्पन्न भएका तिनबटा ठुलो निर्वाचनहरुमा सरकार केन्द्रित रहदाँ विकास निर्माणमा खासै खर्च हुन नसकेको उनको भनाई थियो । विनियोजित बजेटको समयअनुसार खर्च हुननसक्दा बजारमा पैशाको अभाव खड्किएको उनको बुझाई छ । ‘विगतको एक वर्ष सरकारले निर्वाचन र त्यसको तयारीमै वितायो, विकास निर्माण लगायत बजेट खर्च हुने काम करिब करिब ठप्प जस्तै नै भयो ।’ राठीले भने ‘यो अर्थिक वर्ष आधाउधि सक्किसकेको छ, त्यस अनुसार बजेटपनि आधा खर्च भईसक्नु पर्ने हो, तर बजेट भने ५ प्रतिशत पनि खर्च भएजस्तो मलाई लाग्दैन । यस्तो अवस्थामा अर्थतन्त्र कसरी चलायमान बन्ला ?’

सरकारले उद्योगी व्यवसायी र नागरिकसँग राजश्व मात्र उठाउने र समयमा खर्च गर्न नसकेकै कारण अर्थतन्त्र ठप्प भएको राठीको बुझाई छ । ‘अव फेरी पनि पुष मसान्त आँउदै छ, यो समय राजस्व बुझाउने अन्तिम म्याद भएकोले फेरी पनि राज्यको ढुकुटिमा पैशा मात्र थुप्रिनेछ । आक्राेश व्यक्त गर्दै राठीले भने ‘सरकारले बजेट खर्च गर्दैन बजारमा पैशाकाे अभाव भईसक्याे यस्ताे अवस्थामा व्यापारीले कँहाबाट पैशा ल्याएर राजश्व तिर्ने ?

अव नँया सरकारले बजेटलाई रफ्तारका साथ खर्च गरेर बजारमा आर्थिक तरलताकाे अभाव न्युनिकरण गर्न भुमिका खेल्नु पर्ने राठीले सुझाएका छन् । बजारमा पैशाकाे अभाव भएपछि बैंकले समेत ठुलाे ब्याजदर दिएर निक्षेपकर्तासँग पैशा उठाईरहेकाे र ऋणी उदयाेगी व्यवसायीहरुले अनपेक्षित ब्याज तिर्नुपरिरहेकाे समेत उनले गुनासाे व्यक्त गरे । बैंकले ब्याज लिनेदिने बीचकाे मार्जिन स्प्रेड दर घटाएन भने उद्याेग व्यापारी टाट पल्टने अवस्था आउने उनले चिन्ता व्यक्त गरेका छन् । यदि उद्याेगी व्यवसायी टाट पल्टने हाे भने बजार पनि खस्कने बजार खस्कियाे भने बैंक पनि डुब्ने उनले बैंकर्सहरुलाई चेतावनी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]