१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उद्याेग नरहे, बैंक पनि रहन सक्दैन : उद्याेगी राठी

उद्याेग नरहे, बैंक पनि रहन सक्दैन :
Logo

निरज बस्‍नेत
विराटनगर, पुष १४

बजेटलाई अधिकत्तम खर्च गरेर सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले सुझाएका छन् ।
खस्किएको बजारलाई पुनः चलायमान बनाउने विषयमा जनचर्चा डटकम सँग संक्षिप्त कुराकानी गर्दै उद्योगी राठीले सो प्रतिक्रिया दिएका हुन् ।

तारन्तार देशमा सम्पन्न भएका तिनबटा ठुलो निर्वाचनहरुमा सरकार केन्द्रित रहदाँ विकास निर्माणमा खासै खर्च हुन नसकेको उनको भनाई थियो । विनियोजित बजेटको समयअनुसार खर्च हुननसक्दा बजारमा पैशाको अभाव खड्किएको उनको बुझाई छ । ‘विगतको एक वर्ष सरकारले निर्वाचन र त्यसको तयारीमै वितायो, विकास निर्माण लगायत बजेट खर्च हुने काम करिब करिब ठप्प जस्तै नै भयो ।’ राठीले भने ‘यो अर्थिक वर्ष आधाउधि सक्किसकेको छ, त्यस अनुसार बजेटपनि आधा खर्च भईसक्नु पर्ने हो, तर बजेट भने ५ प्रतिशत पनि खर्च भएजस्तो मलाई लाग्दैन । यस्तो अवस्थामा अर्थतन्त्र कसरी चलायमान बन्ला ?’

सरकारले उद्योगी व्यवसायी र नागरिकसँग राजश्व मात्र उठाउने र समयमा खर्च गर्न नसकेकै कारण अर्थतन्त्र ठप्प भएको राठीको बुझाई छ । ‘अव फेरी पनि पुष मसान्त आँउदै छ, यो समय राजस्व बुझाउने अन्तिम म्याद भएकोले फेरी पनि राज्यको ढुकुटिमा पैशा मात्र थुप्रिनेछ । आक्राेश व्यक्त गर्दै राठीले भने ‘सरकारले बजेट खर्च गर्दैन बजारमा पैशाकाे अभाव भईसक्याे यस्ताे अवस्थामा व्यापारीले कँहाबाट पैशा ल्याएर राजश्व तिर्ने ?

अव नँया सरकारले बजेटलाई रफ्तारका साथ खर्च गरेर बजारमा आर्थिक तरलताकाे अभाव न्युनिकरण गर्न भुमिका खेल्नु पर्ने राठीले सुझाएका छन् । बजारमा पैशाकाे अभाव भएपछि बैंकले समेत ठुलाे ब्याजदर दिएर निक्षेपकर्तासँग पैशा उठाईरहेकाे र ऋणी उदयाेगी व्यवसायीहरुले अनपेक्षित ब्याज तिर्नुपरिरहेकाे समेत उनले गुनासाे व्यक्त गरे । बैंकले ब्याज लिनेदिने बीचकाे मार्जिन स्प्रेड दर घटाएन भने उद्याेग व्यापारी टाट पल्टने अवस्था आउने उनले चिन्ता व्यक्त गरेका छन् । यदि उद्याेगी व्यवसायी टाट पल्टने हाे भने बजार पनि खस्कने बजार खस्कियाे भने बैंक पनि डुब्ने उनले बैंकर्सहरुलाई चेतावनी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]