२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

झापामा माघे सङ्क्रान्ति माई मेलाको तयारी शुरु…

Logo

निरज बस्नेत
झापा, पुष २२
पूर्वको झापामा प्रत्येक वर्ष लाग्दै आएको माघे सङ्क्रान्ति मेलाको तयारी शुरु भएको छ । यही पुष २८ गतेबाट माईमेला शुरु गरि ५ दिनसम्म गरी माघ २ गते सम्म चल्नेछ ।

पूर्वको पवित्र स्थल कन्काई नदीको दुवै किनारमा मेला बर्षेनी लाग्ने गरेको पाइन्छ । माघ १ गते मकर स्नान गर्नेको यहाँ विशेष घूइँचो लाग्नेछ । माई मेलामा आएर मकर नुहाई पूजा आराधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

कन्काई नदीलाई भगवती माईदेवीको रुपमा मान्ने प्रचलन रहँदै आएको छ । भगवती माईदेवीको स्नान गरेपछि मनोकांक्षा पूरा हुने स्थानीय सिता भण्डारी बताँउछिन् ।

यहाँ कन्काईमा माघी मेलामा विशेषगरी माघे सङ्क्रान्तिको दिन अर्थात १ माघमा नेपालका विभिन्न ठाउँबाट भक्तजनको विशेष भीड त लाग्छ नै यसका साथै छिमेकी मुलुक भारत, भुटानबाट समेत भक्तजनहरुको आइरो लाग्ने गरेको अर्की स्थानीय सविता खड्का बताउँछिन् ।

माईमेलामा संस्कृति झल्काउँने टाइपका सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने गरेकका छन् । मेलामा रोटेपिङ, खेल तमासा, ब्रेकडान्स, बटरफ्लाई, कोलम्वस, आदी पनि समावेश रहनेछन् ।

माईमेलामा कम्तिमा २ लाख आगन्तुक आउने अनुमान सर्वसाधारण विनीता गिरीको प्रक्षेपण छ । यसदिनमा सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।

मकर स्नानबाट शरीरमा भएका विभिन्न रोगहरुको समाधान हुने तथा मानव जीवनमा गरेको पाप र भुलहरु नष्ट भएर जाने जनविश्वास रहिआएको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]