१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

झापामा माघे सङ्क्रान्ति माई मेलाको तयारी शुरु…

Logo
प्रकाशित शुक्रबार, पुष २२, २०७९

निरज बस्नेत
झापा, पुष २२
पूर्वको झापामा प्रत्येक वर्ष लाग्दै आएको माघे सङ्क्रान्ति मेलाको तयारी शुरु भएको छ । यही पुष २८ गतेबाट माईमेला शुरु गरि ५ दिनसम्म गरी माघ २ गते सम्म चल्नेछ ।

पूर्वको पवित्र स्थल कन्काई नदीको दुवै किनारमा मेला बर्षेनी लाग्ने गरेको पाइन्छ । माघ १ गते मकर स्नान गर्नेको यहाँ विशेष घूइँचो लाग्नेछ । माई मेलामा आएर मकर नुहाई पूजा आराधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

कन्काई नदीलाई भगवती माईदेवीको रुपमा मान्ने प्रचलन रहँदै आएको छ । भगवती माईदेवीको स्नान गरेपछि मनोकांक्षा पूरा हुने स्थानीय सिता भण्डारी बताँउछिन् ।

यहाँ कन्काईमा माघी मेलामा विशेषगरी माघे सङ्क्रान्तिको दिन अर्थात १ माघमा नेपालका विभिन्न ठाउँबाट भक्तजनको विशेष भीड त लाग्छ नै यसका साथै छिमेकी मुलुक भारत, भुटानबाट समेत भक्तजनहरुको आइरो लाग्ने गरेको अर्की स्थानीय सविता खड्का बताउँछिन् ।

माईमेलामा संस्कृति झल्काउँने टाइपका सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने गरेकका छन् । मेलामा रोटेपिङ, खेल तमासा, ब्रेकडान्स, बटरफ्लाई, कोलम्वस, आदी पनि समावेश रहनेछन् ।

माईमेलामा कम्तिमा २ लाख आगन्तुक आउने अनुमान सर्वसाधारण विनीता गिरीको प्रक्षेपण छ । यसदिनमा सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।

मकर स्नानबाट शरीरमा भएका विभिन्न रोगहरुको समाधान हुने तथा मानव जीवनमा गरेको पाप र भुलहरु नष्ट भएर जाने जनविश्वास रहिआएको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।