०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हिन्दुराष्ट्रको अभियान अब कसैलै रोक्न नसक्ने दावी

Logo
जनचर्चा संवाददाता

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए ।

यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु र अभियानहरु प्रभावकारीरुपमा चल्दा धर्मान्तरण समेत रोकिनेक्रममा रहेको दावी गरे । उनले भने,” सवैका धर्ममा केही न केही कमजोरी छन् ,हाम्रामा पनि होलान् तर त्यसमा अल्झिएर बस्नु भन्दा सकारात्मक ढंगले समाधानको बाटो निकालेर अव अगाडि बढ्नु पर्छ ।”

सनातन धर्मका विषयमा मात्रै खोट लाउनेहरु गलत मनसायवाट परिचालित हुन् भनेर बुझ्न र सोही अनुरुप मुकाविला गर्न आग्रह गरे । विश्वमै हेर्दा नेपाल र भारतमा मात्रै ठूलो जनसंख्यामा हिन्दुहरु रहेको तर दुइ देशका हिन्दुवीच आपसी संवाद हुन नसकेको भन्दै यसलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा श्रीहरि सत् संघ केन्द्रीय अध्यक्ष भीखमचन्द शरलले जोशीलाई सम्मान तथा स्वागत गरेका थिए । जोशीको विराटनगर कार्यक्रमको संयोजन धार्मिक युवा अभियन्ता कौशल निरौलाले गरेका हुन् । अभियन्ता निरौलाले सनातन धर्म संस्कृति,सभ्यता संरक्षणमा लाग्न अभिप्रेरित हुने कार्यक्रमहरु नियमितरुपमा भइरहेको जानकारी दिए ।

जोशीले श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधिस अच्युत स्वामीलाई समेत भेटेका थिए । कार्यक्रममा धार्मिक अभियन्ता ललित तामाङ ,महेश कुमार स्वर्णाकार ,सुरज नेपाल,विकास कार्की,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]