२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

हिन्दुराष्ट्रको अभियान अब कसैलै रोक्न नसक्ने दावी

Logo
जनचर्चा संवाददाता

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए ।

यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु र अभियानहरु प्रभावकारीरुपमा चल्दा धर्मान्तरण समेत रोकिनेक्रममा रहेको दावी गरे । उनले भने,” सवैका धर्ममा केही न केही कमजोरी छन् ,हाम्रामा पनि होलान् तर त्यसमा अल्झिएर बस्नु भन्दा सकारात्मक ढंगले समाधानको बाटो निकालेर अव अगाडि बढ्नु पर्छ ।”

सनातन धर्मका विषयमा मात्रै खोट लाउनेहरु गलत मनसायवाट परिचालित हुन् भनेर बुझ्न र सोही अनुरुप मुकाविला गर्न आग्रह गरे । विश्वमै हेर्दा नेपाल र भारतमा मात्रै ठूलो जनसंख्यामा हिन्दुहरु रहेको तर दुइ देशका हिन्दुवीच आपसी संवाद हुन नसकेको भन्दै यसलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा श्रीहरि सत् संघ केन्द्रीय अध्यक्ष भीखमचन्द शरलले जोशीलाई सम्मान तथा स्वागत गरेका थिए । जोशीको विराटनगर कार्यक्रमको संयोजन धार्मिक युवा अभियन्ता कौशल निरौलाले गरेका हुन् । अभियन्ता निरौलाले सनातन धर्म संस्कृति,सभ्यता संरक्षणमा लाग्न अभिप्रेरित हुने कार्यक्रमहरु नियमितरुपमा भइरहेको जानकारी दिए ।

जोशीले श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधिस अच्युत स्वामीलाई समेत भेटेका थिए । कार्यक्रममा धार्मिक अभियन्ता ललित तामाङ ,महेश कुमार स्वर्णाकार ,सुरज नेपाल,विकास कार्की,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]