२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विजयादशमी: टीका लगाउने दिशा र साइतको जानकारी

Logo
जनचर्चा संवाददाता

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ।

टीका लगाउने विधि

टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख गरेको छ। घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिअनुसार अभिषेक गरेर विजयादशमीको टीका लगाइन्छ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, आमाबुबा र अन्य मान्यजनहरूको हातबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद थापेर यश, ऐश्वर्य, कार्यक्षमता र दीर्घायुको कामना गर्दै आशीर्वाद लिने चलन छ।

कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सकिने

आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । विजयादशमीदेखि पूर्णिमासम्म दुर्गाको प्रसादस्वरूप टीका ग्रहण गर्दा विभिन्न फूलका साथै घटस्थापनाको दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी लगाइन्छ।

देवी विसर्जन र साइत

समितिले बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत निर्धारण गरेको छ। राज्य सञ्चालकहरूले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने छ। विजयादशमी आफैंमा शुभ दिन मानिन्छ। टीका जमरा शक्तिस्वरूपा देवी भगवतीको प्रसाद हो। त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु पर्दैन। तर राज्य सञ्चालकहरूले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको समितिले जनाएको छ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ। नेपालभर यो पर्व महान् पर्वका रूपमा मनाइन्छ। विदेशमा रहेका नेपालीहरूले पनि एकै ठाउँमा भेला भई दशैं मनाउने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]