२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विजयादशमी: टीका लगाउने दिशा र साइतको जानकारी

Logo
जनचर्चा संवाददाता

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ।

टीका लगाउने विधि

टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख गरेको छ। घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिअनुसार अभिषेक गरेर विजयादशमीको टीका लगाइन्छ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, आमाबुबा र अन्य मान्यजनहरूको हातबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद थापेर यश, ऐश्वर्य, कार्यक्षमता र दीर्घायुको कामना गर्दै आशीर्वाद लिने चलन छ।

कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सकिने

आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । विजयादशमीदेखि पूर्णिमासम्म दुर्गाको प्रसादस्वरूप टीका ग्रहण गर्दा विभिन्न फूलका साथै घटस्थापनाको दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी लगाइन्छ।

देवी विसर्जन र साइत

समितिले बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत निर्धारण गरेको छ। राज्य सञ्चालकहरूले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने छ। विजयादशमी आफैंमा शुभ दिन मानिन्छ। टीका जमरा शक्तिस्वरूपा देवी भगवतीको प्रसाद हो। त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु पर्दैन। तर राज्य सञ्चालकहरूले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको समितिले जनाएको छ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ। नेपालभर यो पर्व महान् पर्वका रूपमा मनाइन्छ। विदेशमा रहेका नेपालीहरूले पनि एकै ठाउँमा भेला भई दशैं मनाउने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]