२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

गगन थापा सदनभित्रै मस्त निन्द्रामा

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

निरज बस्नेत
विराटनगर, पुष २९
नेपाली कांग्रेसका शक्तिशाली महामन्त्री गगन कुमार थापा सम्मानित प्रतिनिधि सभा हलभित्र मस्त निदाएको तस्वीर भाइरल भएको छ ।

आफुलाई प्रभावशाली युवा नेताको रुपमा आफैले चित्रण गर्ने गगन अन्ततः यसरी सदनमै निदाउँनुलाई अल्छीको पुरी भन्दा फरक नपर्ला । संसद बैठक नै झ्याउँ लाग्दो थियो की , की अन्यथा के हुन सक्छ ?

या त गगन रातभरि नसुती आएका पो थिँए की ? देश र जनताको चिन्ता ज्यादा नै पो गर्न थाले की ? गगनकै नजिकमा रहेका कांग्रेस सभापति त आँखा खोली बैठक केन्द्रित भएको देखिन्छ ।

गगनको ठीक पछाडी कांग्रेस सांसद पनि संसदमै ध्यानमग्न रहेको तस्वीरले प्रष्ट्याएकै देखिन्छ । अझ प्रधानमन्त्री प्रचण्ड समेत रोचकताका साथमा आँखा खुल्लै गरी सदन केन्द्रित नै देखिन्छन् ।

अन्य सांसद समेत सवैको दुवै आँखा खुलमखुल्ला रहेको थियो । सायद गगनलाई हीनतावोध पो भएको हो की ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]