२५ माघ २०८२, शनिबार
07-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उर्लावारीमा प्रादेशिक महोत्सव लाग्दै…

Logo

निरज बस्नेत
उर्लावारी, माघ ८
मोरङको दोस्रो ठूलो महत्वपूर्ण शहर उर्लावारीमा प्रादेशिक महोत्सव लाग्ने भएको कुरा उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले जानकारी गराएका छन् । अध्यक्ष भण्डारीका अनुसार यही माघ २१ गतेदेखी २८ गतेसम्म महोत्सव लाग्ने छ ।

यता महोत्सव समितिका संयोजक भरत भट्टराईका अनुसार महोत्सव कृषि तथा पर्यटन क्षेत्रलाई प्रवद्र्दनका खातिर लाग्नेछ । ९ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारले समेत आफ्नो प्रस्तुती दिने छन् ।

उर्लावारीमा हुने यो महोत्सव प्रादेशिकस्तरको हुनेछ । महोत्सवमा १७० बढी स्टल रहने छ । महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानका व्यापारिक स्टलहरु रहनेछन् ।

स्टल बुकिङको काम धमाधम चलिरहेको छ । महोत्सवलाई भव्य–सव्य बनाउँन संयोजक भट्टराई अहोरात्र खटिरहेका छन् । सवैको सामूहिक मिहिनेतमा महोत्सव सफल हुने कुरामा आयोजक समिति ढुक्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]