०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

रंगेलीको संसारीमाइस्थान मन्दिर, जहाँ शनिवारको दिनमा भक्तजनको लाग्ने गर्छ ओइरो

Logo

निरज बस्नेत
रंगेली, माघ १४
विराटनगरबाट २३ किमी पूर्वमा अवस्थित संसारीमाइस्थान मन्दिरमा शनिवारको दिनमा भक्तजनहरुको थेगिनसक्नुको भीड लाग्ने गर्दछ । आज यहाँस्थित मन्दिरमा बोका बली दिनेहरुको ज्यादै नै भीडभाड दृश्य देखियो ।

कटहरी आदर्शनगरका स्थानीय अमरेन राजवंशी बहिनी अनिताको भाकलका लागि सानो १२ केजीको बोका लिई सखारै सपरिवार मन्दिर गएँ । राजवंशीका अनुसार चित्ताएको कुरा पुग्ने यो मन्दिरमा आफ्नो बहिनीको भाकल पूर्ण भएकोमा आज बोका बली दिइ यहाँ आएको बताएँ ।

यहाँ न्यून केही शूल्क मन्दिरमा बुझाई बोका बली दिन पाइन्छ । बली दिएको बोकाको मासुलाई मर–मसला हाली पकाएर प्रसादको रुपमा ग्रहण गरिन्छ । यसमा आफ्नो परिवार लगायत साथीभाईलाई समेत बोलाई हार्दिकतापूर्वक तरिकाले प्रसाद खुवाइन्छ । यस मानेमा यो संसारी मन्दिरमा एक किसिमको अदृश्य दैवी शक्ति भएको यहाँका पुजारी बताउँछन् ।

ठूलो क्षेत्रफल ओगटेको यस मन्दिरमा बली पश्चात् पकाइने ठाउँ व्यस्थित बनाइदै लगिएको छ । यहाँको मन्दिर व्यवस्थापनका अनुसार अझै यहाँ आउँने भक्तजनलाई ध्यानमा राखी धेरै कुरा निर्माणको क्रममा रहेको समेत बताएँ ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाको यसमा गहिरो लगाव रहेकै कारण कतिपय कन्स्ट्रक्सनका कामहरु चाडै सम्पन्न भएको देखिन्छ ।

सातामा शनिवार ज्यादा भीड हुने भएतापनि मंगलवार पनि यहाँ भीड नै हुने गरेको स्थानीय बताउँछन् । अन्य वारमा हल्का रुपमा दर्शनार्थीहरु आउँने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]