०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

रंगेलीको संसारीमाइस्थान मन्दिर, जहाँ शनिवारको दिनमा भक्तजनको लाग्ने गर्छ ओइरो

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९

निरज बस्नेत
रंगेली, माघ १४
विराटनगरबाट २३ किमी पूर्वमा अवस्थित संसारीमाइस्थान मन्दिरमा शनिवारको दिनमा भक्तजनहरुको थेगिनसक्नुको भीड लाग्ने गर्दछ । आज यहाँस्थित मन्दिरमा बोका बली दिनेहरुको ज्यादै नै भीडभाड दृश्य देखियो ।

कटहरी आदर्शनगरका स्थानीय अमरेन राजवंशी बहिनी अनिताको भाकलका लागि सानो १२ केजीको बोका लिई सखारै सपरिवार मन्दिर गएँ । राजवंशीका अनुसार चित्ताएको कुरा पुग्ने यो मन्दिरमा आफ्नो बहिनीको भाकल पूर्ण भएकोमा आज बोका बली दिइ यहाँ आएको बताएँ ।

यहाँ न्यून केही शूल्क मन्दिरमा बुझाई बोका बली दिन पाइन्छ । बली दिएको बोकाको मासुलाई मर–मसला हाली पकाएर प्रसादको रुपमा ग्रहण गरिन्छ । यसमा आफ्नो परिवार लगायत साथीभाईलाई समेत बोलाई हार्दिकतापूर्वक तरिकाले प्रसाद खुवाइन्छ । यस मानेमा यो संसारी मन्दिरमा एक किसिमको अदृश्य दैवी शक्ति भएको यहाँका पुजारी बताउँछन् ।

ठूलो क्षेत्रफल ओगटेको यस मन्दिरमा बली पश्चात् पकाइने ठाउँ व्यस्थित बनाइदै लगिएको छ । यहाँको मन्दिर व्यवस्थापनका अनुसार अझै यहाँ आउँने भक्तजनलाई ध्यानमा राखी धेरै कुरा निर्माणको क्रममा रहेको समेत बताएँ ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाको यसमा गहिरो लगाव रहेकै कारण कतिपय कन्स्ट्रक्सनका कामहरु चाडै सम्पन्न भएको देखिन्छ ।

सातामा शनिवार ज्यादा भीड हुने भएतापनि मंगलवार पनि यहाँ भीड नै हुने गरेको स्थानीय बताउँछन् । अन्य वारमा हल्का रुपमा दर्शनार्थीहरु आउँने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्। […]

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]