२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

सिएनआई एक्स्पोको ‘तिन’ टिकट दर : पचाँस, सय र दई सय

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

विराटनगर, माघ १७
विराटनगरको विराट नर्सिङहोम पछाडिरहेको शंकरपुर खेलमैदानमा, यँही माघ १९ गते देखि १० दिनका लागी हुन गईरहेको सिएनआई काेशी एक्स्पाेकाे  टिकट दर सार्वनजिक भएको छ । आयाेजकले सर्त सहित ‘तिन’ थरि दरका टिकटहरु सार्वजनिक गरेकाे छ ।

सर्तसहितका टिकट दरहरु:

शुन्य (निशुल्क)
शैक्षिक भ्रमणको लागी ग्रुपमा आउने विद्यार्थीहरुले निशुल्क एक्स्पो अवोलोकन गर्न पाउने छन् । तर शैक्षिक भ्रमणको लागी विद्यालयले आयोजकसँग पुर्व स्वीकृति लिनुपर्ने सर्त राखिएको छ । शैक्षिक भ्रमणमा कुनै पनि विद्यालयहरुले विद्यार्थिहरु पठाउदा विहानको ९ देखि १२ बजेसम्म पठाईसक्नु पर्नेछ ।

रु ५० पचाँसका टिकट
रु ५० दरका टिकट पनि विद्यार्थिहरुकै लागी हो । यो टिकटमा कुनै पनि विद्यार्थिले साढे तिन बजेसम्म एक्स्पो अवलोकन गर्न पाउनेछन् । यसको लागी आयोजकसँग पुर्वस्वीकृती लिन समेत आवश्यक पर्नेछैन । सो टिकट खरिद गर्नका लागी विद्यार्थी परिचय पत्र देखाउनु पर्ने हुन्छ ।
दिउसोको साढे तिन बजेपछि सो टिकट खरिद गर्न पाईने छैन् । तर सो टिकट खरिद गरि एक्स्पोस्थल प्रवेश गरिसकेकालाई भने साढे तिन बजेपछि पनि निकालिने छैन ।

रु १०० दरका टिकट
रु १०० दरका टिकट सबैको लागी हो । दिउसोको साढे तिन बजेपछि सो टिकट खरिद गर्न पाईने छैन् । तर सो टिकट खरिद गरि एक्स्पोस्थल प्रवेश गरिसकेकालाई साढे तिन बजेपछि पनि निकालिने छैन ।

रु २०० दरका टिकट
दिउसो साढे ३ बजेपछि एक्स्पो अवलोकन गर्न चाहने जो कोहीले पनि रु २०० को टिकट खरिद गर्नु पर्नेहुन्छ ।

टिकटहरु खल्ती एपमार्फत अनलाईन खरिद गर्न सकिने व्यवस्था समेत मिलाईएको छ ।

यी सबै जानकारीहरु जनचर्चा डटकमलाई सिएनआई एक्स्पोका महानिर्देशक विजयहरि शर्माबाट प्राप्त भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]