०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बैंकका टाई लाउने गुण्डालाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्छौं : दुर्गा प्रसाइँ

Logo

निरज बस्नेत
काठमाडौं, माघ २२
मेडिकल व्यवसायी दुर्गा प्रसाइँ आजभोली निकै आक्रमक अभिव्यक्तिका कारण निकै नै चर्चामा छन् । विर्तामोडको विएण्डसी अस्पतालका संचालक समेत रहेका प्रसाइँ बैंकप्रति निकै नै रुष्ट बनेका छन् । बैंकका टाई लाउने गुण्डालाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने उद्घोष नै गरेका छन् ।

उनले भनेका छन् , देश लुट्ने सवैभन्दा ठूलो लुटेरा बैंकहरु नै हुन् । लकडाउनको समयको प्रसंग निकाल्दै प्रसाइँ भन्छन् , नेपालमा त्यो कठिन समयमा सवै चीज डुव्ने अनि बैंकहरु चाहीँ खुद नाफामा जाने, यहीँ पाराले नेपाली जनतालाई भिखारी बनाउने बैंकहरु नै भएको प्रसाइँको दावी छ ।

यतिमा मात्र यिनी सिमित भएका छैनन् । नाम नै तोकेर नेपालका यी यी बैंकहरु लुटेरा हो समेत भनेका छन् । एनआइसी एशिया बैंक, कुमारी बैंक, प्रभु बैंक, नेविल बैंक, लगायतका बैंकहरु खालि नेपाली जनता लुट्ने अनि कमाएको पैसा विदेशमा थन्काउने भनी गंभीर आरोप बैंकहरु माथि थोपरेका छन् ।

विनोद चौंधरीले केही समय अगाडी श्रीलंकामा समेत बैंक खोलेको र यता नेविल बैंकबाट कमाएको पैसा उतैको बैंकमा जम्मा गरेको समेत प्रमाण आफूसँग भएको प्रसाइँ बताउँछन् । नेपालका प्रायः बैंकहरु ठग भएको उनी तर्क दिदै भन्छन् ।

यिनी सम्मिलित एक कार्यक्रममा एक महिलाले एनआइसि बैंकले आफूलाई गुमराहमा पार्दे लुटेको बताइन् । ती महिला आफ्नो लोग्नेलाई बैंककै कारण हर्टअट्याक आएर मरेको पनि जनाइन् । २ करोडको भ्यालुएसन गर्छ र १ करोड लोन दिन्छ । र, अलिकता किस्ता ढिलो हुनासाथ मर्नु न मार्नुको पार्छ भन्दै प्रसाइँको सामुन्नेमा दुःखेसो पोखिन् । पीडित ती महिलालाई ढाडस दिदै प्रसाइँ भन्छन् चिन्ता नगर्नुस् तपाइँलाई हामी न्याय दिलाउँछौ ।

अभियन्ता समेतको छवि बनाएका प्रसाइँले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको जगेर्ना गर्दे मुलुकलाई सही ट्रयाकमा ल्याई छाड्ने समेत प्रतिवद्दता गरेका छन् । यसैको शुरुवातको विगुल यिनकै अगुवाइमा मेची पुलवाट यही फागुन १ बाट हुदैछ । यस सशक्त कार्यक्रममा उनले सवै देशभक्त नेपालीलाई आउँन आव्हान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]