२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उर्लावारी महोत्सवमा सोमवार कमल खत्रीले तहल्का मच्चाउँदै

Logo
प्रकाशित सोमबार, माघ २३, २०७९

निरज बस्नेत
उर्लावारी, माघ २३
उर्लावारीको शान – उर्लावारी महोत्सव २०७९ सोमवार अन्र्तगत कमल खत्रीले तहल्का मच्चाउँदै छन् । टुट्नु थियो टुट्यो मुटु अव जोड्दिन, यो प्रेम वियोगको मिठो गाना उनै खत्रीले गाएको गीत हो ।

यो सुमधुर गाना त उनलै आफ्नै आवाजमा आज पक्कै पनि गाएर उर्लावारी महोत्सवमा आएका मानिसहरु धेरैको मन जितेर नै उर्लावारीबाट जाने कुरा बताउँछन्, महोत्सव संयोजक भरत भट्टराई ।

गएको २१ गते देखी आइतवारे उर्लावारीको चौरमा लागिरहेको प्रादेशिक स्तरको यो महोत्सवमा दिनहुँ भीडभाड बढिरहेको संयोजक भट्टराई बताउँछन् ।

उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवमा रहेका १७० बढी स्टलहरुमा गएर, हेरेर, बुझेर अवलोकन गर्नेहरुको राम्रै जमात् दिनानुदिन तीव्रतामा गइरहेको छ ।

यता उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङका अनुसार महोत्सवमा रहेको खेल सामाग्रीबाट धेरैले प्रचुर मात्रामा लाभ उठाइएको जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]