२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

झिंगे माछाबाट बनेको अचारमा आकर्षण

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

विराटनगर, माघ २४
विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउ“दै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् ।

कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । गृहिणीका रुपमा मात्रै रहेकी उनले माछाको मौलिक स्वादयुक्त अचारलाई प्रवद्र्धन गर्ने थलोका रुपमा एक्स्पोलाई प्रयोग गरिन् । मेहनत गरेर अचार बनाइन् । उनले बनाएको माछाको अचार चाख्ने जोसुकैले पनि मिठो अचार बनेको प्रतिक्रिया दिइरहेका छन् । जसका कारण उनले भविष्यमा यसैलाई उद्यमका रुपमा अगाडि बढाउने योजना समेत बनाइसकेकी छन् ।

‘पहिले घरपरिवारभित्रै खानका लागि बनाइन्थ्यो, हाम्रो परिवारमा सानैबाट यो अचार बन्दै आएको थियो, पाहुनाहरुले स्वाद पनि मन पराउनु हुन्थ्यो’ उनले भनिन्, ‘मैले माछाको अचार व्यवसायिक रुपमा यहि एक्स्पोबाट सुरु गरेको हो, सवैबाट प्रतिक्रिया राम्रो आइरहेको छ, पा“च सय प्याकेट जति बिक्री पनि गरिसकेको छु ।’
आफ्नो स्टल अवलोकनमा पुग्नेहरुलाई उनले पहिले अचारको स्वाद चखाउ“छिन् । अनि स्वादबारे प्रतिक्रिया लिंदै भान्सामा यस्तो अचारको महत्वबारे बुझाउने प्रयास पनि गरिरहेकी हुन्छिन् ।
अचार बनाउन प्रयोग गरिएको माछा विराटनगरकै हाट बजारहरुमा चौधरी समुदायका दिदीबहिनीहरुबाट किन्ने गरेको उनले बताइन् । अचारलाई आफ्नै भान्जीको नामबाट ‘सीया अचार’ को नामबाट ब्राण्ड दिएको जानकारी दिइन् ।

उनले एक्स्पो अवलोकनकर्ताहरुले अचार चाखेर राम्रो प्रतिक्रिया दिएकोले एक्स्पोपछि यसैलाई ब्राण्डिङ गरेर उद्योगका रुपमा अघि बढाउने घोषणा गरिन् ।
एक्स्पोमा करीव चार सय स्टलहरु रहेका छन् । ठुला ब्राण्डदेखि साना, लघु तथा कृषि उद्यमीहरुका स्टलहरु पनि रहेका छन् । विशेष गरी साना उद्यमीहरुलाई प्रवद्र्धन गर्न एक्पो निकै महत्वपूर्ण अवसर बनेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवालले बताए ।
साना तथा महिला उद्यमीहरुलाई एक्स्पोमा सहभागी हुन स्थानीय तहहरुले प्रवद्र्धकको भूमिका निर्वाह गरिदिएर ठुलो सहयोग पु¥याएको उनले सुनाए । परिसंघले विराटनगर–२ शंकरपुर मार्गमा पहिलो पटक आयोजना गरेको एक्स्पो ऐतिहाँसिक रुपमा सफल बन्न लागेको पनि उपाध्यक्ष अग्रवालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]