२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

उर्लावारीको शान, मान, गौरव, यो हो उर्लावारी प्रादेशिक महोत्सव २०७९, जसअन्र्तगत विहीवारको माहौल पूरै सांगितिकमय बन्दै…

Logo

निरज बस्नेत
उर्लावारी, माघ २६
पूर्वको उर्लावारी प्रादेशिक महोत्सव २०७९ अन्र्तगत विहीवारको साँझ माहौल पूरै सांगितिकमय बन्ने भएको महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । भट्टराइका अनुसार आजको महोत्सवमा, चर्चित गायिका अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । अधिकारीको सुमधुर आवाजले आजको महोत्सवको वातावरण रंगिन बन्ने पक्का छ ।

अधिकारीसँगै विहीवार महोत्सवमा प्रताप दास तथा रमेश श्रेष्ठको समेत प्रस्तुती रहनेछ । साथमा इलामको प्रार्थना ब्याण्डको प्रस्तुतीले महोत्सवलाई राम्रै तताउँने निश्चित भएको उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारी बताउँछन् ।

यो सँगै महोत्सवमा विहीवार रोयल भाइव्सको आकर्षक नृत्यले समेत सवैको मन जित्ने उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङ बताउँछन् । महोत्सवमा नेपाल लगायत, भारत, पाकिस्तान, बंगलादेशको स्टलहरु समेत गरी कूल १७० स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवमा अन्तसम्ममा २ लाख बढी आगन्तुक आउँने समेत दावी गरिएको छ ।

उर्लावारीको शान, मान, गौरव, यो हो उर्लावारी महोत्सव २०७९, जसअन्र्तगत विहीवारको माहौंल पूरै सांगितिकमय हुने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]