१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बेनाम प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट धरान एक्स्पोको समुद्घाटन हुदै…

Logo

निरज बस्नेत
धरान, सुनसरी, फागुन ९
सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा उत्तरको सुन्दर नगरी धरानमा धरान एक्स्पो २०७९ हुदैछ । सो कुराको जानकारी धरान उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले दिएका छन् । एक्स्पोको समुद्घाटन बेनाम प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने संघका महासचिव महेन्द्र प्रधानले बताएका छन् । समुद्घाटन यही ११ फागुनमा धरान रंगशालामा हुने कार्यक्रम रहेको संघका कोषाध्यक्ष प्रभाव खतिवडाले जानकारी गराएँ ।
धरान एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठका अनुसार प्रायोजकमा टूबोर्ग वियर, एसपिएल, निक, हूण्डाई, त्रिवेणी–लक्ष्मी, सेन्चुरी, एति फ्लोरिङ रहेका छन् । एक्स्पो सपोर्टेडमा एनटीसि, बाग्मती ग्रुप, राष्ट्रिय वाणिज्य बैंक, पिएलओ, खुकुरी रम, डिभाइन वाइन, सगरमाथा इन्स्योरेन्स, मारुती सिमेन्ट, आरती स्टिल, नेविल बैंक, एनएमवी बैंक, रमपम, सिटीजन्स बैंक रहेको कुरा संघका वरिष्ठ सल्लाहकार राजकुमार राई बताउँछन् ।
धरान एक्स्पोको प्रर्वधकमा धरान उपमहानगरपालिका, जिसस सुनसरी, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, सामाजिक मन्त्रालय प्रदेश १, उद्योग कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन वन तथा वातावरण मन्त्रालय, बराहक्षेत्र नगरपालिका, साँगुरीगढी गाउँपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, अर्जुनधारा नगरपालिका, नेपाल पर्यटन बोर्ड, दुहवी नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ समेत रहेको एक्स्पो संयोजक गोपाल श्रेष्ठले जनाएका छन् ।
महोत्सव यही ११ फागुनमा शुरु भएर २० फागुनमा समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]