२१ आषाढ २०८३, आइतबार
05-07-2026 , Sun
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

वित्तीय साक्षरता विषयक अन्तरक्रिया सम्पन्न

Logo

विराटनगर, चैत्र १६
उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

महिला उद्यम समितिको संयोजक प्रतिभा रिजालले वित्तीय साक्ष्ँरताले महिला उद्यमी व्यवसायीहरुलाई उपयुक्त निर्णय लिन सक्षम वनाउने कुरालाई मध्यनजर गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वताईन । उनले महिला उद्यमी व्यवसायीहरुको वित्तीय क्ष्ँेत्रमा पहुच वढाउन साक्षरता अभियानले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

वैकर्स शर्मिला होमागाईले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनु पर्ने सतर्कता, जोखिम वहन क्षमता लगायतका विषयमा प्रकाश पार्दै वित्तीय संस्थाले महिला उद्यमी व्यवसायीहरुको सुविधाका लागि गरेको व्यवस्थाका वारेमा वताईन् । उनले कुनैपनि क्षेत्रमा लगानी गर्नुअघि महिला उद्यमी व्यवसायीलाई वित्तीय लक्ष्य निर्धारण अनुरोध गर्दै त्यसबाट आईपर्ने सहजता र चूनौतिलाई पूर्वानुमान गर्न आग्रह गरिन ।

वैकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजीटल वैंकिङमा सर्वसाधारणको आकर्षण वढदो क्रममा रहेकाले मानिसहरुलाई सेवा उपभोग गर्न वैकसम्म धाउनुपर्ने वाध्यतामा कमी आएको वताए । उनले महिला उद्यमी व्यवसायीहरुलाई डिजीटल वैंकिङ प्रणाली प्रति अभ्यस्त हुन अनुरोध गर्दै वित्तीय संस्थाले डिजीटल वैंकिङका माध्यमबाट उपलब्ध गराउदै आएका सेवाहरुका विषयमा जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई वढावा दिदा राज्य प्रणाली प्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने वताउदै महिलाहरुलाई आफुमा निहित सिपलाई उद्यमशिलता विकासमा रुपान्तरण गर्न आग्रह गरिन् ।

कार्यक्रममा उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरु, महिला उद्यमीहरु व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]