२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

रिजालटाँसी इन्डष्ट्रिज प्रा लि को कमाण्ड अव रवि रिजालको काँधमा…

Logo

निरज बस्नेत
इटहरी, सुनसरी, चैत्र २५
विगत लामो समयदेखी इटहरी सुनसरीमा रहेको रिजालटाँसी इन्डष्ट्रिज प्रा लि को सर्वोच्च पद अर्थात प्रमुखमा रवि रिजाल आउँदै छन् । सो कुराको जानकारी स्वं रविले नै दिएका छन् ।

विगत ५० बर्षअघिदेखी रिजालटाँसी ग्रुप अफ इन्डष्ट्रिजमा प्रमुख रहेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका कूलचन्द्र प्रसाद रिजाल(नानीबाबु) ले बढ्दो उमेरका कारण सो इन्डष्ट्रिज बाट रिटायरमेन्ट लिने हुदा उनका एक्ला छोरा रविलाई प्रमुख पद हस्तान्तरण गर्न लागेका हुन् ।

नानीवावु अहिले ७२ बर्षका भइसकेका छन् । अव उनी आरामका साथमा बाँकी जीवन निर्वाह गर्न चाहन्छन् । यसै कारण पनि उनले आफ्ना राष्ट्रवादी छोरा रविलाई रिजालटाँसी इन्डष्ट्रिजको प्रमुख पद ह्याण्डओभर गर्ने सुरसारमा लागेका हुन् ।

रविलाई नानीवावुले छोरा भएको कारण रिजालटाँसी इन्डष्ट्रिजको कमाण्ड चाँही सुम्पिन लागेका भने कदापि होइन । रविले हासिल गरेको उनको उच्च शिक्षा, अनुभव तथा जनतामाझ लोकप्रिय छवि लगायत अन्य धेरै कारणले गर्दा रविलाई उनका वुवा नानीवावुले रिजालटाँसी इन्डष्ट्रिजको सर्वोच्च पद हस्तान्तरण अवको केही दिनमै गर्देछन् ।

इटहरीमै एक भव्य कार्यक्रमको आयोजना गरी वर्तमान इन्डष्ट्रिज प्रमुख नानीवावुले रविलाइ प्रमुख पद सुम्पिने बताएका छन् । इटहरीमा रहेको सो इन्डष्ट्रिज खाध्यान्न सामाग्री उत्पादन गर्दे आएको सर्वविदीतै छ ।

रवि यस इन्डष्ट्रिजमा आउँदै गर्दा सवैजना खुशीनै रहेको प्रतिक्रिया आइरहेको छ ।

गएको प्रतिनिधि सभाको चुनावमा राप्रपाबाट उठी लोकप्रिय मत हासिल गरेका रविको छवि सवैमाझ लोकप्रिय छ । यही बढ्दो उनको राम्रो छविका कारण आज उनै रविलाई उत्तराधिकारीको रुपमा नानीवावुले ल्याउनुलाई सकारात्मक रुपमा हर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]