२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

रिजालटाँसी इन्डष्ट्रिज प्रा लि को कमाण्ड अव रवि रिजालको काँधमा…

Logo
प्रकाशित शनिबार, चैत्र २५, २०७९

निरज बस्नेत
इटहरी, सुनसरी, चैत्र २५
विगत लामो समयदेखी इटहरी सुनसरीमा रहेको रिजालटाँसी इन्डष्ट्रिज प्रा लि को सर्वोच्च पद अर्थात प्रमुखमा रवि रिजाल आउँदै छन् । सो कुराको जानकारी स्वं रविले नै दिएका छन् ।

विगत ५० बर्षअघिदेखी रिजालटाँसी ग्रुप अफ इन्डष्ट्रिजमा प्रमुख रहेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका कूलचन्द्र प्रसाद रिजाल(नानीबाबु) ले बढ्दो उमेरका कारण सो इन्डष्ट्रिज बाट रिटायरमेन्ट लिने हुदा उनका एक्ला छोरा रविलाई प्रमुख पद हस्तान्तरण गर्न लागेका हुन् ।

नानीवावु अहिले ७२ बर्षका भइसकेका छन् । अव उनी आरामका साथमा बाँकी जीवन निर्वाह गर्न चाहन्छन् । यसै कारण पनि उनले आफ्ना राष्ट्रवादी छोरा रविलाई रिजालटाँसी इन्डष्ट्रिजको प्रमुख पद ह्याण्डओभर गर्ने सुरसारमा लागेका हुन् ।

रविलाई नानीवावुले छोरा भएको कारण रिजालटाँसी इन्डष्ट्रिजको कमाण्ड चाँही सुम्पिन लागेका भने कदापि होइन । रविले हासिल गरेको उनको उच्च शिक्षा, अनुभव तथा जनतामाझ लोकप्रिय छवि लगायत अन्य धेरै कारणले गर्दा रविलाई उनका वुवा नानीवावुले रिजालटाँसी इन्डष्ट्रिजको सर्वोच्च पद हस्तान्तरण अवको केही दिनमै गर्देछन् ।

इटहरीमै एक भव्य कार्यक्रमको आयोजना गरी वर्तमान इन्डष्ट्रिज प्रमुख नानीवावुले रविलाइ प्रमुख पद सुम्पिने बताएका छन् । इटहरीमा रहेको सो इन्डष्ट्रिज खाध्यान्न सामाग्री उत्पादन गर्दे आएको सर्वविदीतै छ ।

रवि यस इन्डष्ट्रिजमा आउँदै गर्दा सवैजना खुशीनै रहेको प्रतिक्रिया आइरहेको छ ।

गएको प्रतिनिधि सभाको चुनावमा राप्रपाबाट उठी लोकप्रिय मत हासिल गरेका रविको छवि सवैमाझ लोकप्रिय छ । यही बढ्दो उनको राम्रो छविका कारण आज उनै रविलाई उत्तराधिकारीको रुपमा नानीवावुले ल्याउनुलाई सकारात्मक रुपमा हर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]