२३ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा शुभारम्भ

Logo
प्रकाशित आइतबार, बैशाख ०३, २०८०

विराटनगर, बैशाख ३

मोरङको बेलबारी नगरपालिका-३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ भएको छ । आईतबार बिहान कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियाे । त्यहाँ निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा परिक्षण नमुना (Blood) दिई सेवा शुभारम्भ गर्नु भएको थियाे ।

प्रदेश प्रहरी अस्पतालको ल्यावबाट CBC, LFT, RFT, Lipid-profile, Urine R/E, Stool R/E, Uric acid, Sodium, Potassium, Serology लगायतका परिक्षण सेवा सुचारु भएको छ । सेवा शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]