२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरका लुनिया पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा

Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, जेठ १८, २०८०

विराटनगर
प्रधानमन्त्रीको औपचारिक भारत भ्रमण टोलीमा विराटनगरका युवा उद्यमी पारस लुनिया समेत सरिक भएका छन् । कोशी प्रदेशका पर्यटन तथा वातारण मन्त्री जिवन आचार्यको विशेष पहलमा लुनिया प्रधानमन्त्रीसँग भारत पुगेका हुन् ।

बिहिबार साँझ नेपाल–भारतका उद्योगी एव्‌ं व्यवसायीहरुकाे संयुक्त छलफल कार्यक्रममा लुनियाले समेत सहभागीता जनाउने छन् । सो कार्यक्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले समेत सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

यता बिहिवारनै नेपाल–भारतका प्रधानमन्त्री बिच भेटघाट समेत हुनेछ । यो चार दिने भम्रण हो । भ्रमणमा सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव टोलीमा सहभागी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा […]