३० आश्विन २०८२, बिहिबार
16-10-2025 , Thu
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

विराटनगरमा कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

विराटनगर
प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।
विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जोडीले नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडीलाई र मन्दीप घले र लाक्पा शेर्पाको जोडीले रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै, मेन्स डबल्सतर्फ मुनाहाङ राई र नवीन राईको जोडीले दिनेश पन्त र ज्योती हाङ राईलाई पराजित गरे भने नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडी र रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीले वाक ओभरका आधारमा प्रि–वाटरफाइनलमा प्रवेश गरेका छन् ।

४५ वर्षमाथिको मास्टर डबल्स पूर्ण बुढा र भजनलाल चौधरीको जोडीले भूपाल राना मगर र अमृत मल्लको जोडीलाई, डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीले अशोक भूजेल र खगेन्द्र तिम्सिनाको जोडीलाई, ज्ञानेन्द्र भट्टराई र राम बुढाथोकीको जोडीले उमेश राई र किरणकुमार ताम्राकारको जोडीलाई, दिनेश चौधरी र नुनुलाल चौधरीको जोडीले किरणसिंह बस्नेत र मनोज लाखेको जोडीलाई, यशवन्तविक्रम शाह र धनकुमार श्रेष्ठको जोडीले पुनम दाहाल र देवनारायण मण्डलको जोडीलाई पराजित गरे भने शिवकुमार धिमाल र सुदीप पोखरेलको जोडी तथा जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले वाक ओभर पाउँदै प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
असार १६ गतेसम्म हुने प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, मास्टर ४५ वर्षमाथि र मास्टर ६० वर्षमाथिका प्रदेश भरबाट १ सय बढी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश खेलकुद बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष जिन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यद्वय लवभक्त श्रेष्ठ र विनोद डाँगी तथा आयोजक क्लबका अध्यक्ष किरणसिंह बस्नेतलगायतले उद्घाटन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]