०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगरमा कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

Logo
संवाददाता जनचर्चा

विराटनगर
प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।
विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जोडीले नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडीलाई र मन्दीप घले र लाक्पा शेर्पाको जोडीले रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै, मेन्स डबल्सतर्फ मुनाहाङ राई र नवीन राईको जोडीले दिनेश पन्त र ज्योती हाङ राईलाई पराजित गरे भने नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडी र रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीले वाक ओभरका आधारमा प्रि–वाटरफाइनलमा प्रवेश गरेका छन् ।

४५ वर्षमाथिको मास्टर डबल्स पूर्ण बुढा र भजनलाल चौधरीको जोडीले भूपाल राना मगर र अमृत मल्लको जोडीलाई, डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीले अशोक भूजेल र खगेन्द्र तिम्सिनाको जोडीलाई, ज्ञानेन्द्र भट्टराई र राम बुढाथोकीको जोडीले उमेश राई र किरणकुमार ताम्राकारको जोडीलाई, दिनेश चौधरी र नुनुलाल चौधरीको जोडीले किरणसिंह बस्नेत र मनोज लाखेको जोडीलाई, यशवन्तविक्रम शाह र धनकुमार श्रेष्ठको जोडीले पुनम दाहाल र देवनारायण मण्डलको जोडीलाई पराजित गरे भने शिवकुमार धिमाल र सुदीप पोखरेलको जोडी तथा जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले वाक ओभर पाउँदै प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
असार १६ गतेसम्म हुने प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, मास्टर ४५ वर्षमाथि र मास्टर ६० वर्षमाथिका प्रदेश भरबाट १ सय बढी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश खेलकुद बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष जिन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यद्वय लवभक्त श्रेष्ठ र विनोद डाँगी तथा आयोजक क्लबका अध्यक्ष किरणसिंह बस्नेतलगायतले उद्घाटन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]