२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

भारतकाे टाटाले दियाे नेपाली उद्याेगलाई ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड

Logo
प्रविण घिमिरे प्रकाशित शनिबार, आश्विन ०६, २०८०

नँया दिल्ली, भारत, असोज ७
प्रविण घिमिरे

सुनसरीकाे स्वस्तिक रोलिङ मिल्सलाई भारतकाे प्रतिष्ठित व्यवासायीक प्रतिष्ठान टाटाले  ‘बेस्ट भ्यालुड कस्टमर’ उपाधि प्रधान गरेकाे छ । भारतकाे कोलकातामा आयोजित एक कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई  साे उपाधिसहित पुरस्कृत गरेका हाे।

स्वस्तिक रोलिङ उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल, र आई बिमको पनि उत्पादन गरिरहेकाेछ। स्वातिकका उत्पादनहरु घर निर्माण, ट्रस निर्माण, विद्युत् प्रसारण टावर निर्माण, इन्टरनेट र रेडियो टावर निर्माण, सेड निर्माण, आदिमा प्रयाेग हुने गरेकाे छ ।

टाटा स्टिल भारतको एक प्रमुख ब्रान्ड  हो  जसले उच्च गुणस्तरका उत्पादन र कच्चा पदार्थको उत्पादन गर्द छ। स्वस्तिक रोलिङले टाटा स्टिलको स्पन्ज आइरन (कच्चा फलाम) आयत गर्दछ । व्यवसायीक रुपमा जाेडिएकाे एकवर्ष नबित्दै टाटाबाट पुरस्कृत हुनुलाई ठुलाे उपलब्धीकाे रुपमा कम्पनीले लिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]