०६ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

निर्वाद चलिरहेकाे छ, विराटनगरको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य

Logo
संवाददाता जनचर्चा

विराटनगर, मंसिर १६
विराटनगरको होटल विगमा रहेको च्याम्पेन जोन क्यासिनोमा स्थानीय नेपालीहरुलाई जुवा खेलाउने कार्य निर्वाद चलिरहेको छ । केहि समयदेखि नागरिक समाज र मिडियाले पटक पटक घच्घच्याई रहदाँ पनि सो क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य राज्यले अझै रोक्न सकेको छैन ।

दशै तिहारताका सो क्यासिनोका संचालक रामकृष्ण गौतमले ठुलो शंख्यामा स्थानीय नेपाली व्यवसायी तथा सर्वसाधरणलाई जुवा खेलाई मोटो धनराशी कमाई गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ । यता क्यासीनोमा जति जति नेपालीहरुको चहलपहल बढीरहे उता मिडियामा पनि खबरहरु बाहिर आईरह्यो । बारम्बार क्यासीनो भित्रको खबरहरु बाहिर लिक हुन थालेपछि, संचालक गौतमले अहिले क्यासिनोमा निगरानी बढाएर नेपालीलाई जुवा खेलाउने काम गरिरहेको स्रोत बताउँछ । स्रोत भन्छ “दशै तिहारमा क्यासिनोको धेरै समाचारहरु बाहिर आएपछि क्यासिनोमा भईरहेको गलतधन्धा राकिन्छ होला भन्ने हामीले सोचेका थियौं” उनले विडम्बना व्यक्त गर्दै भने “तर रोकिएन्, स्थानीय नेपालीलाई अझैं पनि  प्रवेशमा रोकटोक छैन, सबैले जुवा खेल्न पाईरहेका छन् ।”

यस विषयमा मोरङ जिल्ला प्रहरी प्रमुख उपरिक्षक दिपक पोखरेलले बेला बेला प्रहरीले छड्के चेकजाँच गरिरहेको र ति बेला नेपाली जुवाडी कहिले फेला नपरेको प्रतिक्रिया केहि दिन अघि जनचर्चालाई दिएका थिए । तर खास एक सुत्रका अनुसार च्याम्पेन जोन क्यासिनोका संचालक गौतमले केही प्रहरी अधिकारीहरुसँग मिलेमत्तो यो धन्धा चलाईरहेका छन् । र मिलेका प्रहरीहरुले सुचना चुहाउने हुँदा अहिलेसम्म कोही पनि रंगेहात पक्राउ पर्न नसकेको सुत्रको बुझाई छ ।

सो विषयमा माेरङ प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले आफुलाई केहि थाहा नभएको र यथासिघ्र तथ्यसत्य पत्ता लगाउने प्रतिक्रिया दिएका छन् । क्यासिनो अनुगमनको विषयमा प्रहरीसँग सोधपुछ गर्ने र थप निगरानी बढाउन निर्देशन दिने समेत प्रजिअ यादवले जनजर्चासँग भएको फोन सम्पर्कमा बताए । प्रहरी माथिनै प्रश्न उठी रहेको बेला सँगसँगै छुटै ट्याक्सफोर्स बनाएर क्रसचेक समेत गर्ने उनले जानकारी गराए ।
पहिले चाडपर्वको वेला सिमित केहि व्यावसायीलाई भेला गरी क्यासिनो संचालकहरुले जुवा खेलाउने गरेका थिए । तर केहि समयदेखि च्याम्पेन जोन क्यासिनोमा स्थानीय व्यवसायी सार्वसधारणलाई बाह्र-मासै सधै जवुा खेलाउन थालेपछि सामाजबाटै यो कार्य रोक्नुपर्ने गुनासो आउन थालेको हो ।

याे पनि पढ्नुहाेस:
कानुन विपरीत विराटनगरको क्यासिनोमा स्वदेशीलाई जुवा खेलाईदै………….
रोकिएन विराटनगरको क्यासिनोमा स्थानीयलाई जुवा खेलाउने कार्य…….

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]