३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विराटनगरमा खुल्याे ‘जेन्सपार्क’काे आउटलेट

विराटनगरको सेन्ट्रल मलमा स्वदेशी रेडिमेड कपडा ब्राण्ड 'जेन्सपार्क' को आधिकारिक आउटलेट बिहिबारबाट खुलेकाे छ
Logo
निरज बस्नेत

विराटनगर, मंसिर २७
विराटनगरको सेन्ट्रल मलमा स्वदेशी रेडिमेड कपडा ब्राण्ड ‘जेन्सपार्क’ को आधिकारिक आउटलेट बिहिबारबाट खुलेकाे छ ।  मलको भुईतल्लामा सेन्ट्रल बजार सञ्चालन गरिरहेको राकेश जैनको समूहले जेन्सपार्क रेडिमेड कपडाको आउटलेट स‌ंचालनमा ल्याएका हुन् ।

बिहीबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आउटलेटकाे उद्घाटन गरेका थिए ।  साे आउटलेटमा २५ लाख भन्दा बढि रकम लगानी लागेकाे संचालकले जानकारी दिएका छन् । बिना गार्मेन्ट उद्योगले जेन्सपार्कको ब्राण्डमा सर्ट, पेन्ट, कोट लगायतका कपडाको विभिन्न रेडिमेड सामान उत्पादन गरिरहेकाे छ । उक्त ब्राण्डकाे आउटलेट काठमाडौं ,पोखरा बुटवलमा समेत स‌ंचालनमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]