१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराटनगरमा खेल मैदानको अभाव

Logo
राम खत्री

विराटनगर, पुष ०३
विराटनगरमा तिव्र बस्ती विकास हुदाँ खेलमैदानको रुपमा प्रयोग हुदै आएको यहाँका खाली मैदानहरु मासिदै गएको छ । खाली जग्गाहरुमा घर तथा व्यवसायीक भवनहरु बनाउने क्रम बढेपछि अहिले यहाँका बालबालिका तथा युवाहरुलाई आउटडोर गेम खेल्नको लागी समेत खाली मैदानको अभाव हुन थालको छ ।

बिगतमा जो कोहीपनि निशुल्क प्रवेश गरी खेल्न पाउने सहिद रंगशाला र वैधनाथपुर क्रिकेट मैदान जस्ता खेल मैदानमा समेत अहिले सर्वसाधरणलाई खेल्न बन्देज लगाईएको छ । फाटफुट नीजि लगानीमा खोलिएका फुटसल तथा कृत्रिम खेलमैदानहरु पनि शुल्क तिरेरमा मात्र खेल्न पाईन्छ । यस्ता खेलमैदानमा गरिब तथा निमुखा जनताको छोराछोरीले पैशा तिरेर खेल्न सक्ने अवस्था छैन । चाइल्ड राइट नेटवर्ककाे एक सर्वेक्षण अनुसार बिराटनगर महानगर क्षेत्रका १२ प्रतशित बालबालिकाले मात्र १ किलोमिटरको दुरीमा सुरक्षित खेल मैदानमा खेल्न पाउँछन । बाँकी रहेका बालबालिकाहरु सडक बाटो, प्रदषित र असुरक्षित ठाँउमा खेल्न बाध्य छन् ।

खेल मैदान संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकारको हो । तर विराटनगर महानगरपालिका भने मैदान संरक्षण गर्ने विषयमा खासै गम्भीर भएको देखिएको छैन । बालिबालिका तथा युवाहरुको सर्वाङ्गीण विकासको लागी समेत हरेक समुदायमा कम्तीमा एउटा खेलमैदान हुन आवश्यक छ तर विडम्मवना विराटनगर महानगरपालिका भित्रै खुला चौर भेट्न समेत अहिले मुश्किल छ । महानगरसँग जग्गा नभएको भने हैन । महानगरभित्र ठाँउमा ठाँउमा सर्वाजनिक जग्गालाई पनि छ, तर ति जग्गाहरुलाई महानगरले उपयुक्त प्रयोगमा ल्याउन सकेको छैन । त्यस्ता सार्वजनिक जग्गालाई समेत खेलमैदान बनाउदाँ उपयुक्त हुने देखिन्छ ।

केहि समयअघि मात्र घाेषित भएको प्रादेशिक राजधानी विराटनगरमा दिनानुदिन निमार्णका कामहरु भईरहेको छ । विकासको प्रक्रियाले बाँकी रहेका खाली जग्गाहरुलाई अझै खुम्चाईरहेको छ । सोहीकारण महानगरपालिकाले अहिलेदेखिनै खेलमैदानको लागी खाली जग्गा संरक्षण गर्न जरुरी देखिएको छ । कम्युनिटि भित्र खालि जग्गा नभए, जग्गा खरिद गरेर भएपनि खेलमैदान बनाउन आवश्यक छ । किनभने खेलमैदान आज र भोली जहिले लागी पनि आवश्यक चिज हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]