२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

आफैले टिकट काटेर मुख्यमन्त्री कार्कीले गरे ट्रेड एक्स्पोकाे अवलाेकन

पास लिएर हैन, टिकट काटेर मेला हर्न मुख्यमन्त्री कार्कीकाे आग्रह
Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष १२। मुख्यमन्त्री केदार कार्कीले आफैले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ट्रेड एक्स्पो २०२३ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थिए तर उनले एक्स्पाेकाे प्रबर्द्धनका लागि आफै टिकट काटेर अवलाेकन गरेका हुन् ।

´विपन्न गरीवले टिकट काटेर एक्स्पाे हेरिरहेकाे अवस्थामा सार्वजनिक पद धारण गरेका र हुनेखाने वर्गले निःशुल्क पास लिएर हेर्न मिल्छ?,` उनले भने, ´त्यसैले आयाेजकले पास उपलब्ध गराए पनि आफैले टिकट काटेर एक्स्पाे अबलाेकन गरेँ ।’ आयाेजकले एक्स्पाे हेर्नका लागि हुनेखाने वर्गभन्दा पनि विपन्न, गरीवलाई निःशुल्क रूपमा एक्स्पाे अवलाेकनका लागि पास उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]