१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

जाेगबनी लगाएत सबै बाेडरलाई टाईट गर्नुपर्ने रहेछ : राजस्व डिजी मैनाली

Logo
निरज बस्नेत

विराटनगर,२१ पुस ।
आन्तरिक राजस्व विभागका महानिर्देशक(डिजी) दीर्घराज मैनालीले विराटनगरसँग जाेडिएकाे जाेगबनी लागएत भारतका सबै सिमा नाकामा भन्सार कडाई गर्नुपर्ने बताएका छन् । शुक्रबार विराटनगरमा उद्याेगी, व्यवसायी र सराेकारवालासँग गरिएको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा डिजी मैनालीले साे कुरा बताएका हुन् ।

भारतबाट चाेरी निकासी भई समान आउने गरेकाले भारतिय समानहरु छ्यापछ्यती नेपाल भित्रीरहेकाे र यसले नेपाली उत्पादनलाई समेत ठुलाे धक्का पुर्याईरहेकाे  डिजी मैनालीकाे भनाई थियाे । भन्सार छली गरेर सामान भित्रिरहँदा राज्यले पनि राजस्व नपाईरहेकाे र यँहाकाे उद्याेगीहरु पनि मार्कामा परिरहेकाे समेत उनले जिकिर गरे । डिजी मैनाली  भन्छन् “भन्सार छलेर समान आउदाँ सरकार र निजीक्षेत्र दुवैलाई घाटा देखिएकाे छ । भन्सार छली हुँदा न सरकारले राजस्व पाँउछ न त  स्वदेशी उद्याेगकाे समाननै बिक्छ । त्यहीँ भएर, जाेगबनी लगाएत सबै बाेडरलाई टाईट गर्नुपर्ने रहेछ।”

बाेडर टाईट भए नेपाली उद्याेगसँग सँगै नेपाली बजार समेत गुल्जार हुने उनकाे तर्क थियाे । साेही कारण नाका क्षेत्रमा हुने गरेकाे भन्सार छली र तस्कारहरुकाे बारेमा राजस्वलाई सुचना दिन सबैमा डिजी मैनालीले आग्रह समेत गरे ।

कार्यक्रममा सिएनआईका केन्द्रिय उपाध्यक्ष भिम घिमिरे, माेरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजाल, नेपाल उद्याेग परिसंघका काेशी अध्यक्ष पवन सारडा, उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुराना,  माेरङका प्रमुख जिल्ला अधिकारी प्रमे प्रसाद भट्टराई, पलाई स‌ंघका काेशी अध्यक्ष सिनरुप अग्रवाल, नेपाल उद्याेग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किशाेर प्रधान, नेपाल सुनचाँदी व्यवसायी सघका विराटनगरका अध्यक्ष शशिभुषण शाहकाे उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी प्रतिष्ठित व्यवसायी बाजेकाे सेकुवाका साेल प्राेप्राईटर चेतन भण्डारी,  मारङ्ग व्यपार संघका उपाध्यक्ष अनिल शाह, प्रतिष्ठित उद्याेगी रमेश राठी,  मारङ्ग व्यपार संघका विकाश वेगवानी, मारङ्ग व्यपार संघकै श्याम राठी, महिला व्यवासायी सरसवती ओझा र साेनिय आचार्य, व्यवसायी रमेश भटराई, माेरङ्ग इलेक्ट्रिक एसाेशिएसनका गाैरभ भंग, दुवानी व्यवसायी खेमराज खेपड, नेपाल सुनचाँदी व्यवसायी संघका सुनिल कुमार साेनी, व्यवसायी नरेश राठी, व्यवसायी सिर्जन प्याकुरेल,  नेतृ सुची चाैधरी, व्यवसायी मनिष मारु, माेरङ्ग इलेक्ट्रिक स‌ंघका कैलाश विश्वास र राजेश अग्रवाल, कडबड मार्केटिङ्गका सुसभनाथ उप्रेती, उर्जाशील व्यवसायी श्रुती शर्मा, दुवानी व्यवसायी साेमप्रसाद भट्टराई,  उद्याेगी आयुश अग्रवाल, सिएनआईका साकेत राठी, व्यापार संघका अमित राठी, सिएन्आईका अजय राठी, व्यापार स‌ंघका दिपेश सुवेदी, उद्याेग संगठनका दिपक कट्वाल, सिएन्आईकी अजिता बराल, सिएनआई युवा तर्फका सुवास प्रधान र मुनन रिजाल,  सिएनआई युवा तर्फकै डाडलन अटल, लेखापाल सराेज चाैधरी लगाएकाे पनि कार्यक्रममा उपस्थिती रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]