२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

मेयर पौडेलकाे दमदार निर्णय : इटहरीकाे विद्यालयमा टाई हटाएर भादगाउले टोपी

Logo
निरज बस्नेत

इटहरी,२५ माघ ।  इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने भएको छ।  विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि एउटै पोसाक लागु गर्ने निर्णय गरेको हो।

इटहरी भित्रका निजी तथा  सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए। साथै विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय पनि गरेको छ।

निजी स्कुलहरुले ड्रेस बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गरेको र त्यसलाई रोक्नका लागि अभियान चालिएको उनको भनाइ छ। साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको छ।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन्।  ६३ हजार ५ सय २६  विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन्। विद्यालय आफैँले किताब बेच्न नपाउने

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय पनि गरेको छ।  विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको हो।

बैठकले उप महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]