२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

पर्यटन र व्यापार प्रवर्द्धनका लागी काेशीमा मोटर र्‍याली

जी मोटर्सकाे प्रायाेजनमा युवा उद्यमी मंचद्वारा आयाेजित
Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र १५, २०८०

ईटहरी, चैत १५ । पर्यटन र व्यापारको प्रवर्द्धनका लागि युवा उद्यमी मंचले कोशी प्रदेशस्तरीय मोटर र्‍याली गर्ने भएका छन् । मंचको विराटनगर, सुनसरी र झापा च्यापटरले संयुक्त रुपमा सो र्‍याली गर्ने भएको हो ।

मंचले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी सो र्‍यालीबारे जानकारी दिएको छ । चैत १६ गेत ईटहरीकाे होटल सोल्टी वेस्टेण्डबाट शरु हुने र्‍यालीको औपचारीक शुरुवात कोशीका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएका छन् ।
विराटनगर मंचका अध्यक्ष रंजित भागतले र्‍याली स्पर्धा नभई पर्यटन र व्यापारको प्रवर्द्धन लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए । उनले र्‍याली मोटरगाडीको दौड स्पर्धा नभएको हुँदा, गति र दुरीले मान्यता नराख्ने तर उत्कृष्ट योगदान पुर्याउने सहभागीलाई परस्कृत भने गरिने बताए ।

र्‍यालीको प्रायोजन जी मोटर्स प्रा.लिले गर्न भएको छ । जी मोटर्सले बिजुलीबाट चल्ने स्काईवेल गाडी नेपाली बजारमा विक्रिवितरण गर्दछ । ५ सिट क्षमता भएको स्काईवेलको रेन्ज ६ सय २० मिलोमिटरसम्म रहेको छ । सम्मेलनमा जी मोटरका व्यवस्थापक कुशल लामिछानेको सहभागिता रहेको थियो । स्काईवेल गाडीको सोरुम हाललाई ईटहरीमा रहेको र चाँडै नै विराटनगरमा पनि आउटलेट खोल्ने तयारी रहेको लामिछानेले बताए । सम्मेलनमा मंचको झापा च्यापटरबाट अध्यक्ष प्रवेश बस्नेतको उपस्थ्तिी रहेको थियो ।

र्‍यालीको पहिलो दिन ईटहरीबाट धरान, धनकुटा, फिदीम, ईलामको साखेजुङ हुँदै पानीटारमा रात्रीबासको तालिका तय गरिएको छ । सोही दिन देउमाई नगरिपालिकास्थित महेन्दै आधारभुत विद्यालयका विद्यार्थीलाई ५० हजार बराबरको फुटबल, ब्याडमिन्टन, क्रिकेट सेट लगाएतको खेल सामग्री प्रदान गरिने बताईएको छ । र्‍यालीको दोस्रो दिन सिम्पानी चायाबगान, कन्याम, चारआली हुँदै दमकस्थित नेपारिकामा युवा व्यवसायीको उद्यमीसँग उद्यमी बैठक एवं रात्रीबास हुनेछ ।

तेस्रो दिन विहान र्याली समापन गरिने कार्यक्रम तय गरिएको छ । र्यालीमा २० सवारी साधन एवं विराटनगर, सुनसरी र झापा च्याप्टरका ५० जना युवा उद्यमी व्यवसायीको सहभागिता रहने छ । र्यालीमा सहभागी हुन रजिष्ट्रेशन शुल्क २० हजार रुपैयाँ राखिएको छ ।
कोशी प्रदेशमा पर्यटनका यथेष्ट सम्भावन रहेपनि प्रवद्र्धन कम रहेको महशुश गरी पर्यटन बढावा दिन र्यालीको आयोजना गरिन लागिएको सचिव रोमन कट्टेलले जानकारी गराए ।
र्यालीले कोशी प्रदेशका युवा उद्यमीलाई एकीकृत गराउने र व्यवसायीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास लिएको सुनसरी च्याप्तटर अध्यक्ष चन्द्र देवकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]